ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   १२ : ५१   बजे

काठमाडौं २९ चैत । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउनुहुन्छ ।

“वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकप्टरले दैनिक औसतमा आठ घण्टा उड्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले दैनिक पाँचदेखि छ घण्टासम्म उडान भइरहेको छ । यो बढ्दो छ ।” बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकप्टरको सङ्ख्या बढाएको छ । “सिजनमा हेलिकप्टरको माग उत्साह बदवर्धक हुन्छ । हेलिकप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्”, उहाँले भन्नुभयो, “हामीले पनि नयाँ एक थान हेलिकप्टर थप गरेका छौँ ।” कम्पनीले एयरबस बीथ्री(२०१९, कलसाइन नाइन(एन एओबी हेलिकप्टर थप गरेको हो ।

यससँगै हेली एभरेष्टका हेलिकप्टरको सङ्ख्या चार पुगेको छ । कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकप्टर थपेको थियो । यसअघि चैतको पहिलो साता मनाङ एयरले नयाँ हेलिकप्टर ल्याएको थियो । कम्पनीले एच १२३ ९बीथ्रीई० हेलिकप्टर ल्याएको हो । यस्तै, मुस्ताङले एउटा हेलिकप्टर थपेको छ । अल्टिच्युड एयरले पनि हेलिकप्टर थप्ने योजना बनाएको छ । हेली एभरेष्टका बजार प्रमुख सापकोटाले थप एक थान हेलिकप्टर थप्ने कम्पनीको योजना रहेको बताउनुभयो ।

“अर्को वर्षमा पाँच वटा हेलिकप्टर पुर्‍याउने योजना छ”, उहाँले भन्नुभयो, “नियामक प्राधिकरणले हेलिकप्टर कम्पनीसँग पाँच वटा पुर्‍याउन भनेको छ, तीन वटा हेलिकप्टर नभए नवीकरण नै नहुने व्यवस्था छ ।” नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार नेपालमा १२ वटा हेलिकप्टर कम्पनीसँग ४० वटा हेलिकप्टर छन् । यीमध्ये ३६ वटा हेलिकप्टर सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चालनमा रहेका १२ बाहेक थप दुई हेलिकप्टर कम्पनी सञ्चालनको प्रक्रियामा छन् । वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र ९एओसी० लिने चरणमा छन् ।” भूधरातलीय अवस्थाले नेपालमा हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । महँगो भएपनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा हेलिकप्टरको प्रयोग गरिँदै आएको छ ।

हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले अहिले हेलिकप्टरलाई भ्याइनभ्याइ रहेको र यो चाप अझै बढ्ने बताउनुभयो । उहाँले हेलिकप्टरको सङ्ख्या बढेपनि पाइलटको अभाव र मौसमका कारणले हेलिकप्टर उडानमा समस्या भइरहेको उल्लेख गर्नुभयो । श्री एयरलाइन्ससँग सर्वाधिक आठ हेलिकप्टर छन् । कम्पनीसँग एमआई १७ हेलिकप्टर छ र बिआडी दुई छन् । एयर डाइनेस्टी र प्रभु हेलिकप्टरसँग चार, माउन्टेन एयर, हेली एभरेष्ट, अल्टिच्युड एयर र फिस्टेल एयरका समान दुई हेलिकप्टर छन् ।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार कम्पनीले १० वटा हेलिकोप्टर थप्ने दीर्घकालीन योजना छ । चालु आर्थिक वर्षमा एक र अर्को वर्ष थप एक हेलिकप्टर ल्याउने कम्पनीले जनाएको छ । यो कम्पनीसँग एयरबस ९बीथ्रीई० हेलिकप्टर दुई र बेल ५०५ हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् । नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन् ।

वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो । वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । उनीहरू सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण, चर्चित, अन्नपूर्ण, लाङटाङलगायत गन्तव्यमा ठुलो सङ्ख्यामा पदयात्री पुग्छन् । “अहिले हेलिकप्टरको बिजनेस राम्रै छ । सिजन पनि चलिरहेकाले अर्को महिनासम्म अकुपेन्सी बढ्ने देखिन्छ”, सिम्रिक एयरका महाप्रबन्धक जोशीले भन्नुभयो । कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डेले भने सिजनमै हेलिकप्टरको व्यापार सुस्त रहेको बताउनुभयो । “अघिल्लो वर्षभन्दा यो वर्ष बिजनेस सुस्त छ”, उहाँले भन्नुभयो, “विदेशी पर्यटकको सङ्ख्या बढेपनि खर्चालु पर्यटक नहुँदा व्यापार आशातितरुपमा बढेको छैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group