ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार गरिरहेका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छ


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   ३ : १०   बजे

काठमाडौं ३० चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभामा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताउनुभएको हो ।

‘‘हामी स्वास्थ्य बिमा गर्छौं । हस्पिटलमा गयो कहिले तीन महिनापछि आउनुस् भन्छ, कहिले छ महिना पछि । बिरामी आत्तिएर एक, डेढ महिनामा सकिन्छ । मान्छेको बाँच्न पाउने अधिकार नै भएन । स्वास्थ्य अवस्था कहाली लाग्दो छ । हाम्रो सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पताल छ । सेती हस्पिटल । त्यसले धान्नै सक्दैन । अनि हामी गछौ के भने कुरा जनताका गर्छौं, काम आफ्नो गर्छौं ।,’’ सांसद भट्टले भन्नुभयो, ‘‘आज दशरथ चन्द विश्वविद्यालय गेटा श्रेय यो सरकारले ल्याओस् । तर सुदूरपश्चिममा उपचार नपाएर हाम्रो छिमेकी राष्ट्रको कुनाकुना दौडेर महँगो उपचारको गएर ज्यान त्यागेर आउने अवस्था छ । मान्छेले मृत्युवरण गर्ने अवस्था हुन्छ । भ्यान्टिलेटरमा राखेर त्यहाँका मानिसहरुसँग पैसा असुल गरिन्छ ।’’

उहाँले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो । सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई दवाव दिनुभयो ।

‘‘यस्तो कहाली लाग्दो अवस्था छ । हामीले कुरा त बडा आदर्शवादी गर्दछौं । जनताकै पक्षमा गर्छौं । तर जनताको पक्षमा कति काम गरेको छौं, कति चिन्ता गरेका छौं रु र, जनहितको कति कार्य गरेको छौं रु त्यो कार्यान्वयनको आवश्यकता छ । त्यसकारण विनम्रताका साथ अनुरोध छ–एउटा गरिव मान्छेले मृत्युवरण गर्नुपर्ने प्राईभेट हष्पिटलमा गयो, नर्मल ज्वरो आएको छ भने पनि दुनियाभर चेक गरेर १० हजारभन्दा कममा डाक्टरले हात नै लगाउँदैन ।,’’ सांसद भट्टले भन्नुभयो, ‘‘सरकारी हस्पिटलमा गयो, बेड खाली हुँदैन । मान्छेले क्युमा बस्नुपर्ने हुन्छ । त्यसकारण यी संवेदनशील कुराहरुलाई हामीहरुले उपचारको नाममा व्यापार भईरहेका छ भने त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । जनताको बाँच्न पाउने अधिकार मौलिक हक भित्र रहेको हुनाले त्यसको संरक्षण गर्नु सबै तपाईहाम्रो दायित्व हो भन्ने मलाई लाग्दछ । सरकारको को छ, प्रधानमन्त्री को छ भन्ने कुरालाई ख्याल नगरी जनताले बाँच्न पाउनु पर्छ ।’’

सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिनका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu