ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली नेतृत्वको सरकारमा को को मन्त्रि बन्दै ?


एबीसी न्यूज
८ फाल्गुन २०७४, मंगलबार   ७ : ३८   बजे

काठमाडौंं, ८ फागुन ।  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तीब्र पारेका छन् । प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिमण्डल विस्तारको तयारी गरेका एमाले नेताहरुले बताएका छन् । गएको बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । मन्त्रीका लागि आकाक्षी धेरै भएपछि एमालेमा भागवण्डा मिलाउन कठिन परेको छ ।

अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोखरेलदेखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थमन्त्रालयमा रुची देखाएका छन् । यसअतिरिक्त पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्री बन्न रुची देखाएका एमाले स्रोत बताउँछ । मंगलवार राष्ट्रिय सभाको सदस्य मनोनित युवराज खतिवडाको पनि मन्त्री बन्ने चर्चा छ ।

ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए । मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराइको चर्चा छ । उनी ताप्लेजुङबाट विजयी भएका थिए । मन्त्री बनेका लालबाबु पनि प्रदेश नम्बर १ का हुन्, उनी मधेसी समुदायका नेता पनि हुन् । प्रदेश नम्बर २ बाट रघुवीर महासेठको मन्त्री बन्ने चर्चा छ । प्रदेश नम्बर ३ बाट महासचिव इश्वर पोखरेल मन्त्री बन्ने लगभग निश्चित रहेको एमाले स्रोत बताउँछ । भक्तपुरबाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिंन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि चर्चा छ । तामाङ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजीत गरेर दोस्रो पटक सांसद बनेका हुन् ।

प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारीलाई मन्त्री बनाउने चर्चा एमाले भित्र छ । उनी २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले नेतृत्वले अधिकारीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतको दावी छ । प्रदेश ४ बाटै कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गर्ने किशान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्यालको नाम पनि चर्चा छ ।

प्रदेश नम्बर ५ बाट उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने पक्का जस्तै छ । पौडेल र ज्ञवालीमध्ये एकले अर्थमन्त्रालयको जिम्मा पाउने सम्भावना छ । यस्तै प्रदेश ५ बाटै शान्ता चौधरीको नाम पनि चर्चामा छ । प्रदेश नम्बर ७ बाट उपाध्यक्ष भीम रावल र कांग्रेस नेत्री डा आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको चर्चा छ । थारु समुदायको प्रतिनिधित्व गराउन नारदमुनी या शान्ताको नाम चर्चामा छ । माओवादी केन्द्रमा पनि मन्त्री बन्ने आकांक्षी धेरै देखिएका छन् । राष्ट्रिय सभाको अध्यक्षको रुपमा चर्चा गरिएका रामबहादुर थापा ‘बादल’देखि बर्षमान पुनको नेतृत्वमा सरकारमा जाने चर्चा छ । थापा २०६५ सालमा बनेको माओवादी सरकारमा रक्षा मन्त्री थिए ।

माओवादीका तर्फबाट मात्रिका यादव, पम्फा भुसाल र देवेन्द्र पौडेल सरकारमा सहभागी हुने पक्का जस्तै भएको छ । केही समय नयाँ शक्ति पार्टीमा गएका पौडेल अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । माओवादीले पाउने मन्त्रालयको संख्याका आधारमा चन्द्र प्रकाश खनाल, शक्ति बस्नेत, लेखराज भट्ट सम्मको चर्चा छ । खनाल यसअघि प्रचण्ड प्रधानमन्त्री रहँदा राजनीतिक सल्लाहकार थिए ।

प्रदेश नम्बर १ बाट कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी, प्रदेश २ बाट मात्रिका, प्रदेश ३ बाट पम्फा, प्रदेश ४ बाट देवेन्द्र, प्रदेश ५ बाट चन्द्रप्रकाश, ६ बाट शक्ति र ७ बाट लेखराजको नाम चर्चामा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार चितवनको भरतपुरमा पत्रकारहरुसंग कुरागर्दै बुधवार नै मन्त्रिमण्डल विस्तार हुने बताएका थिए । काठमाडौंमा भएको कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले पनि बुधवार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । -लोकान्तर बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group