ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सद्भावका देवता सेतो मच्छिन्द्रनाथकाे रथजात्रा सुरु


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   ११ : ३५   बजे

काठमाडौं ४ बैशाख ।  हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथ यात्रा सुरु हुन्छ । राजा शिवसिंह मल्लले ने।स। ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौ तले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलिआएको छ ।

१० औँ शताब्दीमा मल्लयुगमा निर्माण गरिएको सेतो मच्छिन्द्रनाथको मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ । रथयात्राको पहिलो दिन रथलाई जमल, घण्टाघरबाट तानेर असनसम्म पुर्‍याइन्छ भने भोलिपल्ट असनबाट हनुमान ढोका अगाडिसम्म रथ तानिन्छ । विधिवत् रूपमा पुजारीहरूले सेतो मच्छिन्द्रनाथलाई निकालेपछि त्यसको भोलिपल्ट रथ जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । त्यस्तै, भोलिपल्ट असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका र वैशाख ५ गते हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्‍याइन्छ ।

यसैगरी, रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सिमा नामक रुखलाई दुई पटक परिक्रमा गरेपछि पुनस् लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्‍याइन्छ । यसपछि भने विधिवत् रूपमा पुजारीहरूले रथबाट निकालेर सानो खटमा राखेर सिन्दुर जात्रा गरेर जनबहालमा पुनः विराजमान गरी जात्रा समापन गर्ने परम्परा छ ।

सेतो मच्छिन्द्रनाथको पुजारीको जिम्माबाट अवकास लिइसक्नुभएका नीलकाजी शाक्यका अनुसार जगतप्राणी अर्थात् सम्पूर्ण संसार, कीटाणु, जीवजन्तुलगायत सबैको उद्धार र दीर्घजीवनका लागि करुणामय भगवानको उत्पत्ति भएको किम्बदन्ती छ । उहाँ भन्नुहुन्छ, सबैलाई करुणाका दृष्टिकोणले हेर्ने र बोधिसत्त्व प्राप्त भए पनि बोधिसत्त्व नलिनु भएको भगवानको रूपमा सेतो मच्छिन्द्रनाथलाई लिने गरिन्छ । बोधिसत्त्व वा बोधिचित्त अर्थात् सबैको भलो गर्नु वा आयु आरोग्य हुने हो ।

शाक्य भन्नुहुन्छ, “सेतो मच्छिन्द्रनाथलाई विश्वका सम्पूर्ण प्राणीहरूको उद्धार गर्ने भगवानको रूपमा पूजिने कारणले यो जात्रा नेवार समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीको रूपमा लिन सकिन्छ ।” उहाँका अनुसार सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको स्थापनासँगै यो जात्रालाई निरन्तरता दिएको पाइन्छ ।

विश्वलाई अपनत्व महसुस गराउने प्रयत्नले सेतो मच्छिन्द्रनाथको जात्रा सञ्चालन गरिरहेको उहाँको भनाइ छ । नेपाली जनतामा धर्म र संस्कृतिलाई संवर्द्धन, प्रवर्द्धन र संरक्षण गर्नुपर्ने भावनाको विकास भएको कारण यो जात्रा अझै पहिलेभन्दा व्यवस्थित र हर्षोल्लासका साथ मनाउने गरेको उहाँ बताउनुहुन्छ ।

“हाम्रो धर्म, संस्कृति, समाज र प्रगतिसँग सम्बन्ध भएको आस्थाका देवता हुन् सेतो मच्छिन्द्रनाथ अर्थात् करुणामय । बिहानै काग उठ्नुअघि चोखो पानीले महास्नान गराइ पूजाआजा गरेर दिने प्रसाद सेतो मच्छिन्द्रनाथको सेतो टीका प्रसाद हो, यसको पनि छुट्टै महत्व छ” शाक्यले भन्नुभयो । यस्तै, मच्छिन्द्रनाथको महास्नानको समयमा दशकर्म विधिअनुसार जन्मोत्सव, विवाह, गुफा राख्ने गरिन्छ । जस्तै करुणामयलाई महिलाको स्वरुपमा पूजा गरिन्छ त्यसैले महास्नान, बेल विवाह सबै नियमपूर्वक गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

“यसैगरी, महिलाको रुपलाई पनि सम्मान र पुरुषको रुपलाई पनि सम्मान दिनुपर्छ भन्ने भगवानको पालादेखि नै चलिआएको मानिन्छ”, शाक्य भन्नुहुन्छ, “महिला र पुरुषको सिम्बोलिक अर्थात् महिला र पुरुषलाई छुट्याउन नहुने भन्ने पनि योसँग जोडिएको छ ।”

 

यस्तै, रथको ुघमा’ अर्थात् नागराजा । रथको पाङ्ग्राको छुटै धार्मिक महत्व रहेको शाक्य बताउनुहुन्छ । ूरथको चार वटा पाङ्ग्रालाई भैरव प्रतीकको रूपमा पनि पुज्ने चलन छ । रथको हरेक भागले विभिन्न भगवानको प्रतीकको सङ्केत गर्दछू उहाँले भन्नुभयो ।

सेतो मच्छिन्द्रनाथको जात्रा अनेकतामा एकताको प्रतीक हो । सेतो मच्छिन्द्रनाथलाई हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने परम्परा परापूर्वकालदेखि नै चलिआएको मानिन्छ ।

काठमाडौं उपत्यकामा चार लोकेश्वर छन् । सद्भावका देवताका रूपमा सेतो मच्छिन्द्रनाथ, रोग र सम्बन्धविच्छेदको व्यवस्थापन गर्ने चोभारका आनन्दादि लोकेश्वर, वर्षा र सहकालका देवताका रूपमा बुङ्गमतीका रातो मच्छिन्द्रनाथ, सृष्टि र संहारको व्यवस्थापन गर्ने देवताका रूपमा नालाका सृष्टिकान्ता लोकेश्वरलाई पुज्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu