ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ जना भारतीयविरुद्ध मुद्दा


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   ११ : ३८   बजे

काठमाडौं ४ बैशाख ।  अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले २०८० फागुन २ गते बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई रातो पुलस्थित धोबीखोला कोरिडोर नजिकैको एकबाट सकुशल उद्धार गरेको थियो। पीडितले आफूहरूलाई भारतबाट काठमाडौँ हुँदै युएई–ब्राजिल­­­–मेक्सिको हुँदै अमेरिका पुर्‍याएर कामदार भिसा दिलाउने प्रलोभनमा पारी बन्धक बनाएको बताएको प्रहरीले जनाएको छ।

परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार बन्धक बनाइएका भारतीयलाई गिरोहले काठमाडौँमा बन्धक बनाई फोटो र भिडियो खिचेर मेक्सिकोमा रहेको भन्दै परिवारबाट रकम असुली गरेको थियो । यसका प्रमुख योजनाकार इन्दुसिंह यादव लामो समयदेखि नेपालका विभिन्न गार्मेन्ट उद्योगमा काम गर्ने गरेको र उनले चिनजानका व्यक्तिलाई प्रयोग गरेर भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group