ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ८०८ पुग्यो


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   २ : ०४   बजे

काठमाडौं ४ बैशाख । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्खया ८०८ पुगेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा २०८० साउन एक गतेदेखि २०८१ वैशाख ३ गतेसम्म पुरुष चार सय १३ र महिला तीन सय ९५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जिल्लामा डेंगु सङ्क्रमित देखिन थालेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २६६ पुरुष र २७२ महिलागरी ५३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा सबैभन्दा कम एकजना पुरुषमा डेंगु सङ्क्रमण भएको छ ।

त्यस्तै, थाहा नगरपालिकाका पुरुष ३ जना, मकवानपुरगढी गाउँपालिकाका पुरुष १२ र महिला ८ गरी २० जना, बागमती गाउँपालिकाकामा ५ पुरुष र १९ महिलागरी २४ जना, मनहरी गाउँपालिकाकामा पुरुष ४२ जना र ३० जना महिलागरी ७२ जना, इन्द्रसरोवर गाउँपालिकाकामा पुरुष २ जना र महिला २ जनागरी ४ जना, भीमफेदी गाउँपालिकाकामा पुरुष २३ जना र १४ जना महिलागरी ३७ जना, बकैया गाउँपालिकामा पुरुष १२ जना र १३ जना महिलागरी २५ जना र राक्सिराङ गाउँपालिकामा २ जना पुरुषमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा पुरुष २० जना र महिला २० जना गरी ४० जना र अन्य जिल्लाका पुरुष ९ जना र महिला ३ जना महिलागरी १२ जना र ठेगाना नखुलेका १६ पुरुष र १४ महिला सहित ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुरमा गत आर्थिक वर्षमा पाँच हजार ८६४ जनामा डेंगु सङ्क्रमण भएको थियो जसमध्ये तीन हजार २०५ जना पुरुष र दुई हजार ६५९ जना महिला थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group