ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीमा रकम बुझाएर छुटेका लीला गुरुङ फेरि पक्राउ


एबीसी न्यूज
५ बैशाख २०८१, बुधबार   ६ : १२   बजे

काठमाडौं ५ बैशाख । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष समेत रहेका गुरुङसहित कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक समिति सदस्य नवीन अछामीलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

उनीसहितका व्यक्तिले ठगी गरेको भन्दै ११ जनाले सीआईबीमा जाहेरी दिएका थिए । ११ जनाको २ करोड ६० लाख ठगी गरेको खुलेको थियो ।

तर पक्राउ परेकाहरूले ठगीको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा नचलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पठाएको थियो । सरकारी वकील कार्यालयले पनि रकम फिर्ता भइसकेकाले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए ।

तर गुरुङविरुद्ध अर्को सहकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको रकम अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी थियो । कल्याण उपकारका अध्यक्ष समेत रहेका गुरुङलाई ललितपुर प्रहरीले सीआईबीबाट मंगलबार जिम्मा लिएको थियो ।

उनीसहित सञ्चालक समितिका सात जनाविरुद्ध जाहेरी परेको थियो । सातै जनाविरुद्ध पक्राउ पूर्जीसमेत जारी भए पनि बाँकी ६ जना भने अहिलेसम्म फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो सहकारीले १८ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै ९६ जनाको जाहेरी ललितपुर प्रहरीमा परेको छ । अहिले थप ४२ जनाको जाहेरी आइसकेको र उनीहरूको कति रकम ठगी भएको छ भन्नेबारे हिसाब भइरहेको प्रहरीले जनाएको छ ।

यस सहकारीबाट अन्य बचतकर्ता पीडित भएको भए ललितपुर प्रहरीमा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको निर्देशन : रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई आग्रह

रसुवा बाढीको रहस्य अझै खुल्न सकेन, चीन पक्ष पनि कारणबारे अनविज्ञ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu