ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोक दुर्घटना: मृतक सबैको सनाखत


एबीसी न्यूज
७ बैशाख २०८१, शुक्रबार   १२ : ५४   बजे

काठमाडौं ७ बैशाख । सिन्धुपाल्चोकको तौथलीमा आज बिहान जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते सबैको सनाखत भएको छ।

दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का ६९ बर्षीय मानबहादुर थामी, १९ बर्षीय दिपेन्द्र थामी र २२ बर्षीय शिव श्रेष्ठ रहेका छन्।

दोलखाको भिमेश्वर १ बाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज ९शुक्रबार० बिहान साढे सात बजे त्रिपुरासुन्दरी–४ तौथलीको धारावतीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकाहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनामा बेहुला र उनकी बेहुला आमा समेत घाइते भएकी छन्।

‘बेहुला सुशिल थामी र उनकी आमा साहिली थामी पनि दुर्घटनामा घाइते भएका छन्,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘उनीहरुको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।’

दुर्घटनामा घाइते भएका बेहुला र उनकी आमा सामान्य उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ।

अन्य घाइतहरुमा दोलखाको भिमेश्वर नगरपालिका १ बस्ने २१ बर्षीया स्वस्थानी तामाङ ९टाउको हात खुट्टामा चोट, अबस्था मध्यम०, सोही स्थानका २५ बर्षीय प्रकाश तामाङ ९टाउको खुट्टामा चोट, अवस्था मध्यम०, ४४ बर्षीय ज्ञान बहादुर तामाङ ९टाउको र शरिरमा चोट, अवस्था मध्यम०, बसका चालक ३४ बर्षको दल बहादुर तामाङ ९टाउको हात खुट्टामा चोट अवस्था मध्यम० रहेका छन्।

यस्तै, दोलखा कालिन्चोक गाउँपालिका ९ का २४ बर्षका सिंह बहादुर लामा ९टाउको, ढाडमा चोट अवस्था मध्यम० रहेका छन् भने दोलखा भिमेश्वर १ बस्ने १७ बर्षका ईश्वर थामी ९टाउको, हात खुट्टामा चोट अवस्था मध्यम०, सुन्दारावती गाउँपालिका ९ का १९ बर्षीय लक्ष्मण थामी९टाउको हात खुट्टामा चोट अवस्था मध्यम०, भिमेश्वर १ बस्ने गोपाल थामी ९अनुहारमा सामान्य चोट० रहेका छन्।

यस्तै, सोही स्थानका राम चन्द्र थामी, सुनिल थामी, सन्जिव थामी, श्रीराम थामी, चम्फा थामी, सुकमाया थामी, भुबन थामी, डिल्ली थामी, रोमन थामी र भिम बहादुर थामीको सामान्य उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। उनीहरुमा सामान्य चोटपटक लागेको कारण उपचार पछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यस्तै अन्य घाइतेहरुमा भीमेश्वर १ बस्ने सागर थामी, विवस थामी, यज्ञ बहादुर थामी विक्रम थामी, कृष्ण थामी, रन्जिला थामी, रोसिला थामी, सम्राट थामी, नारायण थामी, पुरुषोत्तम थामी, मोहन थामी, सन्त बहादुर थामी र राजेश थामी रहेका छन्।

त्यसैगरी राजकुमार थामी, टीकाराम थामी, रमेश थामी, मुरारी थामी सामान्य घाइते भएका छन्। उनीहरुको सिन्धुपाल्चोकमै रहेको सदाबाहर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यस्तै केही सामान्य घाइतेहरु डिस्चार्ज भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेहरुमा भीमेश्वर १ कै गणेश भुजेल, भगवान भुजेल, राजिव थामी, ईश्वर भुजेल, रञ्जित थामी, रण बहादुर थामी, कान्छा थामी, अमर बहादुर थामी, धधन बहादुर थामी रहेका छन्।

त्यसैगरी भिमेश्वर नगरपालिका(३ का धुर्व कुसु, त्रिपुरासुन्दरी गाउँपालिका( २ का खेलराज थामी र त्रिपुरासुन्दरी(२ का गोकुल थामी सामान्य घाइते भएर प्राथमिक उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बेहुला पनि घाइते, मृतकमध्ये दुई जनाको सनाखत

।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu