काठमाडौं ७ बैशाख । जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट समानुपातिक सांसद बन्नुभएको हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराउनुभएको हो ।
मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो । जसपाबाट समानुपातिक सांसद बन्नुभएको शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो ।
उहाँको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो । शुक्रबार सभामुख घिमिरेले उहाँलाई प्रतिनिधि सभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्