ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तारमा ढिलाइ


एबीसी न्यूज
७ बैशाख २०८१, शुक्रबार   ४ : १५   बजे

काठमाडौं ७ बैशाख । कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । गत चैत २७ गते मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भए पनि हालसम्म अन्य मन्त्रालयहरू भने मन्त्रीविहीन भएका छन् ।

कँडेल मुख्यमन्त्री भएको शनिबार १२ दिन पुगेको छ । तर, सरकार विस्तारमा अझैँ अलमल भएको छ । यो अलमलले अझै कति दिन मन्त्रालय मन्त्रीविहीन रहन्छन् भन्नेमा सत्तारुढ गठबन्धनका नेताहरू नै जवाफ दिन नसक्ने अवस्थामा रहेको बताएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुमा मन्त्रालय भागबण्डा नमिल्नु प्रमुख कारण रहेको नेताहरूको भनाइ छ । प्रदेशस्तरमै सहमति जुटाउन कठिन भएपछि मुख्यमन्त्री कँडेल काठमाडौँ पुगेर मंगलबार प्रदेश फर्किसक्नु भएको छ । तर, पनि मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने अन्योल रहेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा पनि काठमाडौँमै रहनु भएको बताइएको छ । काठमाडौँ भएका बेला सिंहदरबारमा दुई नेताबिचको कुराकानीमा मुख्यमन्त्री कँडेलले बिना विभागीय मन्त्री भए पनि नाम दिन आग्रह गर्नुभएको थियो ।

कर्णाली प्रदेशमा माओवादीले ‘अर्थ, सामाजिक, उद्योग र जलस्रोत तथा ऊर्जा मन्त्रालय माग गरेको छ । तर मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालय आफैसँग राख्न चाहनुभएको छ । कँडेलले उक्त मन्त्रालय आफैसँग राख्ने र माओवादीले चार मन्त्रालय मागे पनि तीनभन्दा बढी दिन नसकिने बताउँदै आउनुभएको छ ।

२०७९ मा माओवादीले हामीलाई तीन दिएर चार मन्त्रालय आफैसँग राखेको थियो, त्यसमा हामीले त कमेन्ट गरेको थिएनौँ’ एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले भन्नुभयो । अहिले मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर सामाजिक मन्त्रालय आफैसँग राख्न खोज्नु भएको हो । साथै कामकाजी केही मन्त्रालय मुख्यमन्त्रीले नै राखेर विस्तार गर्न माओवादीसँग एमालेले आग्रह गरेको बुझिएको छ । कर्णालीमा ८ वटा मन्त्रालय छन् ।

माओवादीका प्रमुख सचेतक रणसिंह परियार गठबन्धनलाई सहज बनाइ अघि बढ्ने कुरामा मुख्यमन्त्री अग्रसर हुनुपर्ने बताउनुहुन्छ । माओवादीका सांसदहरूले मुख्यमन्त्रीले ढिलाइ गरेको बताउदैआएका छन् । एमालेका सांसदहरू भने माओवादीकै कारण भागबण्डा र सरकार विस्तारको काम रोकिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन(भिडियो)

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu