काठमाडौं, ९ फागुन । मन्त्रालय बाँडफाँडका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बुधबार बालुवाटारमा छलफल चलिरहेको छ।
आज नै मन्त्रीपरिषदलाई पुर्णता दिन दुई शिर्ष नेताहरु अन्तिम तयारीका लागि जुटेका हुन्। बैठकबाट कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने निष्कर्ष निकाल्ने र आजै मन्त्रीपरिषद विस्तार गर्ने बालुवाटार स्रोतले जनाएको छ।
यो छलफल सकिएलगत्तै दुई पार्टीको छुट्टाछुट्टै बैठक बस्ने माओवादी केन्द्रका एक नेताले बताए। उनका अनुसार दुवै पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली टुङ्ग्याउने छ। बुधबार बेलुकीसम्मनै सबै मन्त्रीको टुङ्गो लगाएर सपथ गराउने गरी तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्