ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारका राजा नेपाल आउँदैछन्, विपिनको रिहाइका लागि कुरा गर्छौं : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   ४ : ३६   बजे

काठमाडौं ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक कुटनीतिक पहल भइरहेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्रोही समूहले बन्धक बनाएका विद्यार्थी जोशीलाई सकुसल स्वदेश फिर्ता गर्न कुटनीतिक पहल भइरहेको बताएका हुन्।

कतारका राजा अमिरको आसन्न नेपाल भ्रमणमा विपिनको रिहाइको विषयमा कुरा राखिने उनले बताए।

‘केहीदिनभित्रै कतारका राजा अमिर नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै हुनुहन्छ। हामीले एउटा एजेण्डा विपिन जोशीको रिहाइमा कतारले खेल्न सक्ने भूमिकालाई पनि बनाएका छौँ,’ उनले भने, ‘आज बिहान मात्रै मैले कुवेतको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पनि विपिनको रिहाइको निम्ति कतारले खेल्न सक्ने भूमिका बारेमा उल्लेख गरेको छु र डिमान्ड पनि गरेको छु।’

सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका १० जना विद्यार्थीको प्यालेस्टाइनी विद्रोही समूहको आक्रमणमा परेर मृत्यु भएका थिए। महेन्द्रनगरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो।

कतारका अमिरले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu