ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला सांसदहरुलाई हतोत्साहित नगरौँ : उपाध्यक्ष घिमिरे


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   ४ : ३९   बजे

काठमाडौं ९ बैशाख । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्साहित गर्न नहुने बताएकी छन् । आइतवार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै उनीहरुलाई अत्याउने र हतोत्साहित गर्ने काम गर्न नहुने बताइन् ।

उनले महिला सांसदहरुले संसद्‌मा बोलेको कुरालाई लिएर ०६४ सालको संविधानसभादेखि नै टिकाटिप्पणी गरिने गरेको बताइन् । उनले महिला सांसदहरुको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्न नहुने बताइन् ।

 

उनले ऐतिहासिकरुपमा पछाडि पारिएका महिलाहरु एक्कासी राजनीतिमा आएर सांसद हुँदा उनीहरुको बोल्ने क्षमता नहुनु स्वभाविक भएको भन्दै त्यहीकारण उनीहरुलाई हेर्ने दृष्टिकोण फरक हुन नहुने बताइन् । उपाध्यक्ष घिमिरेले व्यक्तिको बोल्ने तरिका फरक–फरक हुने गरेको भन्दै सांसदहरुले जुन तरिकामा भएपनि आफ्नो भावना व्यक्त गर्ने गरेका बताइन् ।

‘महिला सांसदहरुको क्षमताको विकास गर्नुपर्छ । त्यो सकारात्मक कुरा हो । तर क्षमता विकास भइसकेकालाई ल्याउने कि रु त्यो क्षेत्र, समुदायलाई समेटेर यहाँ ल्याउने भन्ने कुरा हाम्रो व्यवस्था अनुसार गर्ने हो । हिजो महिलाहरु आन्दोलनका लागि लड्नुभएको हो । लडाइँमा अग्रपंक्तिमा रहेका महिला माननीयहरु अहिले आएर संसदमा बोल्न सक्ने कुरै हुदैन,ु उनले भनिन् ।

उनले संविधानमै भएको व्यवस्था, सकारात्मक विभेदको नीतिलाई सबैको स्वीकार्यता नरहनु दुखद भएको बताइन् । उनले उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाहरुकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने चुनौती रहेको बताइन्। उनले राष्ट्रिय सभा उपाध्यक्षको आफ्नै अधिकारहरु रहेको भन्दै सो पद अध्यक्षको छायाँको रुपमा नरहेको समेत दाबी गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu