काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ ।
फागुन २१ गते संसद बैठक आह्वान गरिएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बाँकी नै छ । दलको नेतामा सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले चासो देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्