ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमको न्यारोबडी जहाज आज आउने


एबीसी न्यूज
१० बैशाख २०८१, सोमबार   ११ : १२   बजे

काठमाडौं १० बैशाख । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार ९आज० काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिनुभयो । उहाँका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज ९नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी० सोमबार काठमाडौँ आइपुग्ने छ । “न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो । इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ । जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उहाँले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिनुभयो ।

सो जहाजको दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियो । जहाज मर्मतसम्भारका लागि इजरायलको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी ९आइएआई० सँग निगमको सम्झौता भएको थियो । जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिन व्यवस्था गर्ने अथवा बिग्रेको इन्जिन ६५ दिनभित्र मर्मत गरेर हस्तान्तरण गनुपर्ने व्यवस्था आइएआईसँग भएको सम्झौतामा उल्लेख छ । यसो हुन नसक्दा निगमको घाटा बढेकोलगायतका कारण देखाउँदै निगमले क्षतिपूर्ति माग गर्ने जनाएको छ ।

जहाज नेपाल फर्काउन निगमका वरिष्ठ पाइलट नृपेन्द्र भट्टराई, अरविन्दराज पहारीलगायतको चालक दल इजरायलको तेलअबिब पुगिसकेको छ । उक्त जहाज तेलअबिब–दुबई हुँदै काठमाडौँ आउन लागेको हो । लामो समयदेखि ग्राउन्डेड जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दा करोडौँ रुपियाँ आम्दानी गुम्दै आएको निगमको दाबी छ । उडान कटौती हुँदा भारतको दिल्ली, मुम्बई, बेङलुरुलगायत गन्तव्यमा जाने यात्रुले विदेशी वायुसेवाको प्रयोग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu