ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण


एबीसी न्यूज
१० बैशाख २०८१, सोमबार   ११ : १५   बजे

काठमाडौं १० बैशाख । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी ९आइसीपी० नेपाललाई हस्तान्तरण गरेको छ ।

गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । तर, निर्माणका धेरै काम पुरा नभएकोले भारतले नेपाललाई हस्तान्तरण गरेको थिएन ।

हाल आएर निर्माणका सबै काम करिब सम्पन्न भइसकेको र आइसीपी सञ्चालनका लागि चौतर्फी दबाब सृजना भएपछि भारतले नेपाललाई हस्तान्तरण गरेको नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरले बताउनुभयो ।

उहाँका अनुसार भारत सरकारको निर्माण परियोजना राईटस लिमिटेडका महाप्रबन्धक गुलाब प्रजापतिले एक समारोहका बिच नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख विजय केशर खनाललाई आइसीपी हस्तान्तरण गर्नुभयो ।

भारतबाट आइसीपी हस्तान्तरण भए लगत्तै सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख खनालले आइसीपीलाई नेपाल इन्टर मोडेल यातायात विकास समितिका निर्देशक युवक डङ्गोललाई हस्तान्तरण गर्नुभयो ।

नेपाल इन्टर मोडेल यातायात विकास समितिले आइसीपी सञ्चालनको जिम्मा पाएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि अमित गुप्तालाई हस्तान्तरण गरेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन आग्रह गरेको छ । १५ दिनभित्र आइसीपी सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि गुप्ताले बताउनुभयो ।

भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर २०२३ जुन ३ मा उद्घाटन गरिएको सो जाँच चौकीको निर्माण करिब दुई अर्ब भारतीय रुपियाँको लागतमा राजदीप बिल्डकन निर्माण कम्पनीले गरेको हो ।

नेपाल भारत सिमानाको रुपैडिहा र नेपालगन्जमा ८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेनटाइन, बैङ्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक लगायत कर्मचारीहरूको आवास गृहको पनि निर्माण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu