काठमाडौं, ९ फागुन । प्रधामन्त्री केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ ।
उहाँ आज बुधवार चन्द्रागिरी नगरपालिका १ दहचोक इन्द्रदहस्थित काठमाडौं उपत्यका भ्यूटावरको शिलान्यास गर्नुभएको छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीले इन्द्रदह परिसरमा अवस्थित काजी कालु पाण्डेको समाधिमा पुष्प अर्पण गरी श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
कार्यक्रममा कालू पाण्डे समाधि परिसरमा नेपालको झण्डा झण्डोत्तोलन गरिएको समेत गरिएको थियो।
२०७३ फागुन ९ गते इन्द्रदह पर्यटकीय स्थलको अवलोकन गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हरेक वर्ष यस स्थलको अवलोकन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
यस क्षेत्रलाई २०५७ सालमा गिरिजाप्रसाद कोइरालाले पर्यटकीय क्षेत्र घोषणा गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले दोस्रो इन्द्रदह पर्यटन उत्सव उद्घाटन समेत गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर १ बासील्ले नागरिक अभिनन्दन गरेका छन् । ।
प्रतिक्रिया दिनुहोस्