ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलाधिकृत रथी सिग्देलको कमान्डमा, कतारी राजाको सुरक्षा ड्रोनदेखि डग र सीसीक्यामेराबाट निगरानी


एबीसी न्यूज
११ बैशाख २०८१, मंगलबार   १० : ३७   बजे

काठमाडौं ११ बैशाख । कतारी आमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको कमान्डमा हुने भएको छ। उनी नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन्।

मंगलबारदेखि हुने दुई दिने भ्रमणमा आमिर शेखको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।

सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना तयार गरेर कार्यन्वयनमा ल्याइएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बताए।

आमिरको सुरक्षामा नेपाली सेनाका दोस्रो वरीयताका विशिष्ट अधिकृतलाई नै जिम्मा दिइएको हो। आमिरको भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ। उनी हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ।

‘गृह मन्त्रालयको तर्फबाट सुरक्षा योजना र आफ्नो हिसाबले तयारी गरेका छौं। पहिलो घेराको सुरक्षा सेनाले दिने भएकाले त्यही अनुसारको तयारी उनीहरुको होला। हामीले पनि योजना बनाएर भरपर्दो सुरक्षा व्यवस्था मिलाएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बताए।

सुरक्षाको प्रमुख जिम्मा सेनाको हुने भए पनि आवश्यकताअनुसार अन्य सुरक्षाफौज पनि परिचालन हुनेछन्। बलाधिकृत रथी सिग्देलको कमाण्डमा रहेको उच्च तहको सुरक्षा समितिमा नेपाल प्रहरीका एआईजी र सशस्त्र प्रहरीका एआईजी पनि रहनेछन्। यस्तै आवश्यकता अनुसार उपसमितिहरु बनाइएको छ।

कार्यक्रमस्थल, सवार हुने रुट र निवासको सुरक्षा तथा अन्य व्यवस्थापन हेर्ने छुट्टाछुट्टै उपसमितिहरु बनाइएको छ।

यता जिल्ला सुरक्षा समितिले पनि आमिरको सुरक्षाका लागि विशेष योजना बनाएर कार्यन्वयनमा ल्याइसकेको छ। भीभीआईपीको सुरक्षा हेर्ने नेपाली सेनाको निर्देशनालयका कर्णेलसँग समन्वय गरेर सुरक्षा योजना लागू गरिएको प्रशासनले बताएको छ।

जिल्ला तहमा सबै सुरक्षाकर्मीसँग समन्वय गरेर परिचालनको व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने अति विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन समन्वय समितिमा चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु सदस्य रहन्छन्। यस्तै नेपाली सेनाबाट अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयका नेपाली सेनाका प्रतिनिधि, ट्राफिक प्रहरी र प्रहरी प्रधान कार्यालयका प्रतिनिधि समितिमा छन्।

यही समितिले काठमाडौं जिल्लामा हुने सबै कार्यक्रमका लागि सुरक्षा योजनाअनुसार काम गर्नेछ। आमिर हिँड्ने सडकदेखि निवाससम्मको बाहिरी सुरक्षाका लागि समितिले योजना बनाएर कार्यन्वयनमा ल्याएको छ।

काठमाडौं भित्रिने नाकाहरुमा पनि विशेष जाँचको व्यवस्था मिलाइएको छ। आमिरको सुरक्षाका लागि ड्रोनदेखि, डग र सीसी क्यामेराहरुबाट पनि निगरानी गरिनेछ।

‘उच्च तहको भ्रमण भएकाले सुरक्षा योजना बनाउने र निर्देशन दिने काम पनि उच्च तहबाटै भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘आवश्यकताअनुसार सबै क्षेत्रसँग समन्वय र परिचालनको काम पनि हामीले गरिरहेका छौं।’

आमिर नेपाल उत्रनु १५ मिनेट पहिले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारिने भएको छ। सुरक्षाकै लागि उनी अवतरण गरेको १५ मिनेटपछि मात्रै अन्य विमानको उडान अवतरण सुचारु हुनेछ।

आमिरको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमै पुग्ने भएका छन्। भ्रमण टोलीमा कतार सरकारका ६ जना मन्त्रीहरु पनि सामेल हुनेछन्।

आमिरको भ्रमणका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। यसले सुरक्षा व्यवस्थापनमा सहज हुने विश्लेषण छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आमिरले नेपालको राजकीय भ्रमण गर्न लागेका हुन्। उनी बुधबार स्वदेश फर्किनेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group