काठमाडौं १२ बैशाख । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका कतारी राजाको कारगेड हिंड्ने रुटमा अन्य सवारी साधनलाई प्रवेश दिइएको छैन ।
यसले गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । उनको सम्मान र स्वागतका लागि मंगलबार सार्वजनिक बिदा नै दिइएको थियो ।
थानीले मंगलबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको छ । कतारी राजा आज अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्