ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट आन्दोलनको पर्याय मनमोहन : नेता पोखरेल


एबीसी न्यूज
१३ बैशाख २०८१, बिहिबार   ११ : १९   बजे

काठमाडौं १३ बैशाख । नेकपा एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्व। नेता अधिकारी अनेक उत्तारचढाव खेप्नु भएको चर्चा गर्नुभयो । उहाँले शासन सत्तामा रहँदा मात्र नभइ स्व। नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहनुभएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा स्व। अधिकारी नपर्नुभएको उहाँले चर्चा गर्नुभयो ।

स्वभाव र विचारमा नरम देखिए पनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा उहाँ रहनुभएको बताउनुभयो । अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्नुपर्छ । उहाँका जीवनमा अनेक उत्तारचढाव आए तर कहिल्यै खण्डित हुनु भएन । कहिल्यै पनि विश्रृंखलित हुनु भएन ।’ शासन सत्तामा रहँदा मात्र होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत उहाँले जिम्मेवारीपूर्वक काम गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

‘हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ । कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा उहाँ रहनु भएन’ उहाँले थप्नुभयो, “उहाँ स्वभावमा नरम देखिए पनि, विचारमा नरम देखिए पनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनुभयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमत हुनु भएन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व। मनमोहन अधिकारी भूराजनीतिक संवेदनशीलताप्रति गम्भीर रहनुभएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu