ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्रुतमार्ग निर्माणमा बजेट अभाव


एबीसी न्यूज
१३ बैशाख २०८१, बिहिबार   १ : ०९   बजे

काठमाडौं १३ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढीदेखि डोटीको दिपायल हुँदै बझाङ चैनपुर–उरै भन्ज्याङसम्म जोड्ने द्रुतमार्ग ९फास्ट ट्र्याक० निर्माणका लागि बजेट अभाव भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले पठाएको बजेट खर्च भइसकेकाले सम्पन्न हुनुपर्ने बाँकी कामका लागि बजेट अभाव देखिएको हो । धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा फास्ट ट्र्याकका लागि २५ करोड रुपियाँ बजेट आएको थियो । प्राप्त बजेट खर्च भएकाले बाँकी रहेको काम गर्न रकम अभाव भएको कार्यालयका सूचना अधिकारी दिनेश रौखेलाले बताउनुभयो । बजेट अभाव हुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन समस्या भएको उहाँले बताउनुभयो ।

“फास्ट ट्र्याकमा बजेट अभाव भएपछि दुई करोड रुपियाँ भुक्तानी दिन सकिएको छैन,” उहाँले भन्नुभयो, “थप बजेट माग गरेका छौँ । असारसम्म आउने आश्वासन मिलेको छ ।” करिब १८६ किलोमिटर दुरी रहेको यो सडकको ४५ किलोमिटरमा कालोपत्रेका लागि ठेक्का गइसकेको छ । धनगढी बजारको हसनपुरदेखि गोदावरी नगरपालिकाको स्याउलेसम्म कालोपत्रेको काम सकिएको छ ।

यसै गरी स्याउलेदेखि हाटखोलीसम्म १३।४ किलोमिटरमा पनि कालोपत्रेको काम अन्तिम चरणमा पुगेको सडक योजना कार्यालयले जनाएको छ । हाटखोलीदेखि डोटीको विपिनगरसम्म ग्राभेलको काम पूरा भएको छ । यो द्रुतमार्ग अन्तर्गत कैलालीमा १३।४ र डोटीमा ९।४ किलोमिटर गरी जम्मा २२।८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ साल वैशाखमा ठेक्का सम्झौता भएको थियो । कैलालीमा थप सात र डोटीमा १५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि दोस्रो चरणमा ठेक्का सम्झौता भएको छ । करिब ७५ प्रतिशत सडकखण्ड निर्माण तथा कालोपत्रेका लागि ठेक्का सम्झौता हुन बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu