ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरतामा अघि बढ्दै ग्लोबल आइएमई बैंक


एबीसी न्यूज
२१ बैशाख २०८१, शुक्रबार   ७ : ३४   बजे

काठमाडौं, २० वैशाख ।  ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल आईएमई बैंकको काठमाडौस्थित कन्तिपथ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी आयोजना गरिएको कार्यक्रममा तीन सय भन्दा बढिको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा युवा–युवतीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी, डेविट कार्ड, क्रेडिट कार्ड, इ–कमर्स, र वित्तीय अनुशासनसम्बन्धी जानकारी गराइएको थियो ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए। यस्तै शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराएको बताए । ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो । ४६ लाख भन्दा बढि ग्राहकको खाता भएको बैंकको देशभर ३ सय २२ स्थानमा शाखारहित बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group