ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सत्ता समीकरण फेरबदल हुने अवस्था छैन’ प्रधानमन्त्री


एबीसी न्यूज
२३ बैशाख २०८१, आइतबार   २ : १२   बजे

काठमाडौं २३ बैशाख ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता समीकरण फेरबदल हुने अवस्था नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा शनिबार सम्बोधन गर्दै उहाँले अहिलेको समीकरण राजनीतिक र वैचारिक रूपमा निर्माण भएकाले तत्काल केही नहुने दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सरकार ढाल्न प्रयास गरेकोसम्बन्धी प्राप्त भएका सूचना बैठकलाई जानकारी गराउनुभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो । प्रतिपक्षी दलले सरकार ढाल्न प्रयास जारी राखेको र कहाँ को कोसँग छलफल गर्नुभयो भन्ने सबै सूचना प्राप्त भएको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको बताउँदै पौडेलले “अहिले भर्खरै सत्ता समीकरण तलमाथि हुने अवस्था छैन । सत्ता समीकरण फेरबदल हुने अवस्था देखिँदैन । यो सत्ता साझेदार समीकरण पाँचै वर्ष जान्छ” भन्नुभयो ।

प्रतिपक्षीमा पुगेको दल सधैँ सरकार ढाल्ने र बनाउने काममा मात्रै लाग्नु ठिक नभएको धारणा व्यक्त गर्दै प्रधानमन्त्रीले अब संसद् बैठक सुचारु गर्न विपक्षी दलसँग संवाद गरेपछि सबै ठिकठाक हुने जानकारी दिएको सचिव पौडेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव लिन राखिएको बैठकमा प्रधानमन्त्रीले आर्थिक सङ्कटका कारण ठुलो बजेट ल्याउन नसकिने जानकारी गराउनुभएको थियो । उहाँले थारै बजेटमा राम्रा र लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने दबाबमा भएकाले सुझाव दिन सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कुनै व्यक्तिविशेषलाई तोकेर संसदीय समिति बनाउन नसकिने विचार व्यक्त गर्दै समग्र सहकारी समस्यालाई समेटेर समिति बनाउन सकिने बताउनुभएको सचिव पौडेलले जानकारी दिनुभयो । “सहकारीको व्यक्तिविशेषलाई तोकेरभन्दा पनि समग्र विषयलाई हल गर्ने गरी संसदीय समिति बनाउन सकिन्छ । एउटा घटना विशेषलाई जोडेर समिति बनाउन सकिने अवस्था छैन । सम्पूर्ण विषयलाई एउटै डालोमा हालेर हल गर्ने गरी समिति बनाउन सकिन्छ । सहकारीको छानबिन गर्ने क्रममा उहाँ ९उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने० को विषय पर्न सक्छ । यसबारे कांग्रेससँग छलफल गरेर निष्कर्षमा पुगिने छ,” पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले एउटै व्यक्तिलाई सहकारीसँग जोडेर निरन्तर प्रहार गर्ने प्रवृत्ति ठिक नभएको बताउनुभएको थियो ।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूले रोजगारी वृद्धि र उत्पादनलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव दिएको सांसद सूर्यमान दोङले जानकारी दिनुभयो । सरकारले यसै वैशाख २८ गते सङ्घीय संसद्को बजेट अधिवेशन बोलाएपछि माओवादी केन्द्रले दलको बैठक बोलाएर छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group