ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेका छन् : अध्यक्ष पोखरेल


एबीसी न्यूज
२४ बैशाख २०८१, सोमबार   ४ : २३   बजे

काठमाडौं २४ बैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेको भन्दै खुशी व्यक्त गर्नुभएको छ। सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभइको हो ।

उहाँले भन्नुभयो, ‘‘गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेका छन् । यो हाम्रो लागि खुशीको कुरा हो । गोरखापत्रमा पत्रकारितामा आलोचनात्मक चेतको झल्को देखेका छौँ । पछिल्लो समय युवा नेतृत्वले यो कुरालाई स्थापित गरेको छ । यसलाई गोरखापत्रले निरन्तरता दिनुपर्छ ।’’

 

कुनै सञ्चार माध्यमले प्रकाशन गरेको सामग्रीको सम्पूर्ण अधिकार सञ्चारमाध्यममाथि हुने भन्दै उहाँले अदालतको आधारमा समाचार हटाउँदा पत्रकारिता सङ्कटमा पर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘स्रोतको संरक्षण भएन भने सूचना आउँदैन । आलोचनात्मक खराब आउँदैनन् । कहिले विषयवस्तु हटाउने आदेश आउँछन् । यसले हामी प्रेस स्वतन्त्रताका लागि ठिक ठाउँमा छैनौँ । यस्ता हर्कत हुँदै गर्दा काम कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसलाई सामूहिक रुपमा सोच्न सक्नुपर्छ ।’’

त्यसैगरी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको मानक र सही सूचनाका लागि सबैले हेर्ने गोरखापत्र भएको उल्लेख गर्नुभयो । उहाँले हतारको साहित्य भए पनि पत्रकारले गल्ती गर्न नहुनेमा जोड दिनुभएको छ ।

 

‘‘दक्षिण एसियामा पुरानो निरन्तर प्रकाशित भएको सञ्चार माध्यमको रुपमा गोरखापत्र स्थापित छ । गोरखापत्रकर्मीले म गोरखापत्रकर्मी हुँ भनेर गर्व गर्नुहोस् । पत्रकारिताको मानक र सही सूचनाका लागि सबैले हेर्ने भनेको गोरखापत्र नै हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group