ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३९ सांसदको समर्थनमा सरकार बनाउने योजना जसपा विघटनसगै तुहिएयो


एबीसी न्यूज
२४ बैशाख २०८१, सोमबार   ४ : ३५   बजे

काठमाडौँ । सत्ता घटक जनता समाजवादी पार्टी(जसपा) नेपालमा भएको विभाजनले सरकारलाई कुनै असर नपर्ने एमाले र माओवादीका नेताहरूले बताएका छन् । जसपाका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला संघीय परिषद्का अध्यक्ष अशोक राई र कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ समूहले जसपा विभाजन गरी आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

कांग्रेस, जसपा र एकीकृत समाजवादीसहितको वैकल्पिक गठबन्धन बनाउन चलखेल गरेको सूचना पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीको समर्थनमा दल विभाजन भएको आरोप छ । विभाजित समूहले प्रचण्ड सरकारको पक्षमा रहेको बताएकाले पनि विभाजनमा प्रचण्ड र ओलीको समर्थन रहेको अनुमानलाई बल पुगेको छ । प्रतिनिधिसभामा १२ सिट रहेको जसपामा अशोक राई समूहमा प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशोशार शाह सुडी छन् । उपेन्द्रको पक्षमा राजकिशोर यादव, प्रकाश अधिकारी, रञ्जुकुमारी झा र रेखा यादव रहेका छन् । अर्थात् उपेन्द्र समूहमा ५ जना मात्र हुँदा राई पक्षमा ७ सांसद लागेका छन् ।

फेरियो अङ्कगणित

सत्ता समीकरण फेरिएपछि गएको फागुन ३० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सांसदबाट विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नाउपा र एक स्वतन्त्र सांसद गरी जम्मा १५७ जनाले विश्वासको मत दिएका थिए ।

जसमा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र स्वतन्त्र सांसद प्रभु साहले प्रचण्डलाई विश्वासको मत दिएका हुन् । दल विभाजनपछि उपेन्द्र पक्ष सरकारबाट बाहिरिएमा प्रधानमन्त्री प्रचण्डसँग १५२ सांसदको समर्थन कायमै रहनेछ । त्यसमा माधव नेपालको पार्टीको १० सिटकै हिसाब नगर्दा पनि १४२ सिट कायमै रहन्छ । जवकि २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन आवश्यक पर्छ ।  एमाले–माओवादीसहितको नयाँ समीकरण बनेदेखि नै विपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड सरकार ढाल्न विभिन्न विकल्प सारेको थियो । पहिलो विकल्प एमालेसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहनालाई एमालेका अध्यक्ष केपी ओलीले अस्वीकृत गरेपछि दोस्रो विकल्पमा एमाले र माओवादी बेगरको वैकल्पिक गठबन्धन बनाउने तयारी गरेको थियो । जसमा कांग्रेस, जसपा र एकीकृत समाजवादीबिच आलोपालो सरकारको नेतृत्व गर्ने गरी तीन दलका शीर्ष नेताहरूले भेटघाटलाई तीव्र बनाएका थिए ।

वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपा १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जपाको ६, लोसपाको ४, नाउपाको ४ र राष्ट्रिय जनमोर्चाको एक गरी १३९ सांसदको समर्थनमा सरकार बनाउने योजना जसपा विघटन पश्चात् तत्कालका लागि तुहिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group