ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समस्या समाधान गर्न गुठी विधेयक आवश्यक : मन्त्री अधिकारी


एबीसी न्यूज
२६ बैशाख २०८१, बुधबार   ७ : ३२   बजे

काठमाडौं २६ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले गुठीपीडित किसानको समस्या समाधानका लागि जेठ महिनाभित्र गुठी विधेयक संसदमा पेस गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।

दाङको घोराहीमा भएको गुठीपीडित किसानको राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्वोधन गर्दै मन्त्री अधिकारीले बर्षौदेखि गुठी किसानले झेल्दै आएको समस्यालाई समाधान गर्नेगरी वर्तमान सरकार अघि बढेको बताउनुभयो ।

गुठीपीडित किसानको मागलाई सम्बोधन गर्नेगरी सरकारले काम अगाडि बढाएको भए पनि केही प्रक्रियागत कानुनी जटिलता भएका कारण काममा ढिलाइ भए पनि गुठी विधेयक मस्यौदा समितिले कामलाई अघि बढाएको बताउनुभएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘देशभर देखिएको गुठी सम्वन्धी विवाद सम्वोधनका लागि सरकारले नयाँ एकीकृत विधेयक बनाउने तयारीमा जुटेको छ । सो समितिले एक महिनाभित्र मस्यौदा तयार गरेपछि सबैसँग छलफल गरी सरकार अघि बढ्ने तयारीमा छ ।’

गुठी समस्या समाधानसँगै भूमिहिन, सुकुम्वासरी र अव्यवस्थित बसोवासी नागरिकको समेत समस्या समाधान गर्नेगरी नयाँ एकिकृत गुठी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताउनुभयो ।

सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘गुठीसम्वन्धी पुरानो कानुनी व्यवस्थाका कारण अहिले देखिएका समस्या समाधान गर्न सक्ने अवस्था छैन । गुठीसम्वन्धी समस्या समाधानका लागि नयाँ ऐन अथवा विधेयक आवश्यक पर्ने भएकाले बर्तमान सरकार नयाँ गुठी विद्येयक ल्याएर समस्या समाधान गर्नेगरी अघि बढेको छ ।’

नयाँ विधेयक बनाउन समितिले काम थालेको १० देखि १२ दिन भइसकेको भन्दै एक महिनाभित्र मस्यौदा तयार गरेपछि सो मस्यौदालाई सरोकारवालासँग छलफल गरी विधेयकका रुपमा संसदमा टेवल गर्ने समेत मन्त्री अधिकारीले बताउनुभयो ।

काठमाडौभित्र र बाहिरका गुठीमा फरक–फरक समस्या भएकाले सवैलाई समेट्नेगरी अव सरकारले एकीकृत गुठी विधेयक ल्याउने तयारीमा रहेको भन्दै यसले विद्यमान गुठीसम्वन्धी सबै समस्या समाधान गर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘तपाई किसानहरु जसरी जग्गामा भएको दोहोरो स्वामित्व अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिनुभएको छ । हो, सरकार पनि त्यसैगरी गुठीसम्वन्धी समस्या समाधानका लागि अघि बढेको छ । कानुनी जटिलताका कारण सोचेजस्तो काम गर्न सकिएको छैन उहाँले भन्नुभयो ।

गुठीपिडित किसानले सम्मेलनबाट पारित ९ बुँदे घोषणापत्र मन्त्री अधिकारीलाई बुझाउँदै किसानले आफ्नो मागमा गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group