ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानी परेपछि देशका सबैजसो डढेलो निभायो, शनिवारसम्म नै पानी पर्ने


एबीसी न्यूज
२७ बैशाख २०८१, बिहिबार   ६ : ५५   बजे

काठमाडौं, २७ वैशाख । पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ । ६ दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेकोमा अहिले देशका कुनै पनि ठाउँमा डढेलो नभएको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको छ ।

आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको थियो । अस्ति र हिजोको पानीले तराई र पश्चिम क्षेत्रकोसमेत डढेलो निभाएको हो । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुले वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेको देखाएका छन् ।यसअघि सबैजसो केन्द्रमा एक्यूआइ एक सय ५० भन्दा माथि थियो । एक्यूआई एक सय ५० भन्दा माथि जाँदा त्यहाँको हावा अस्वस्थ हुन्छ ।

यस्तै बादल र वर्षासँगै गर्मी पनि घटेको छ । लामो खडेरीले आजित भएका किसानलाई पानी परेपछि राहत मिलेको छ ।मौसम पूर्वानुमान् महाशाखाले पर्सि शनिवारसम्म नै पानी पर्ने जनाएको छ । महाशाखाकाअनुसार आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ । आजको तुलनामा भोलि कम पानी पर्ने र पर्सि शनिवार फेरि धेरै पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu