ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्धमा विराजनको मृत्यु, कुशको शव बनाएर आफन्तले गरे अन्त्येष्टि


एबीसी न्यूज
२७ बैशाख २०८१, बिहिबार   २ : १४   बजे

काठमाडौं २७ बैशाख । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।

परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि गरेका हुन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बासिन्दा विराजन पूर्वनेपाली सेनासमेत हुन् ।

विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए । गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए ।   नेपाल सरकारबाट भने विराजनको मृत्युको पुष्टि भएको छैन ।

रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई सकुशल उद्धारको पहल गर्न माग गर्दैै अभियान चलाउँदै आएकी कृतु भण्डारीले विराजनको मृत्यु युक्रेनको भूमिमा भएको जानकारी आफूले पाएको बताइन् ।

‘विराजन र निराजन दाजुभाइ सँगै रहेछन्,’ कृतुले  भनिन्, ‘भाइलाई तँ बाहिर बस्, म बंकर क्लियर गरेर आउँछु भनेर भित्र छिरेको बेला विष्फोट भएर विराजनको मृत्यु भएको रहेछ ।’

कृतुले अघि भनिन्, ‘भाइ निराजनले म यो घटना भाउजूलाई सुनाउन सक्दिनँ, तिमीहरूले सुनाइदिनू भनेपछि सँगै भएका अर्का एक नातेदारले घरमा जानकारी दिएका रहेछन् ।’ आफूले भने निराजनबाटै विराजनको मृत्युको पुष्टि गरेको कृतु बताउँछिन् ।

अनलाइनखबरसँग सुरक्षित एक अडियो रेकर्डमा एक व्यक्तिले रुँदै भाउजू सम्बोधन गर्दै विराजन यो ‘संसारमा नरहेको’ कुरा गरेका छन् । विराजनको मृत्युको जानकारी दिने व्यक्ति को हुन् भन्ने विवरण अडियोमा खुल्दैन ।

परराष्ट्र मन्त्रालय भन्छ– हामीलाई जानकारी छैन

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने विराजनको मृत्युको विवरण आफूहरूलाई प्राप्त नभएको बताए । ‘विराजनको मृत्युको जानकारी परराष्ट्र मन्त्रालयमा छैन,’ राईले अनलाइनखबरसँग भने, ‘यसबारे मैले कन्सुलरलाई पनि सोधें, त्यहाँ पनि थाहा छैन ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि विराजनको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विराजनको मृत्यु भएको आधिकारिक जानकारी प्रशासनलाई नभएको बताए ।

रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी अभियन्ता भण्डारीले रुस–युक्रेन युद्धमा परेर नेपालीहरूको मृत्यु भएको खबर दिनहुँजसो आइरहेको बताउँछिन् । हालसम्म रुसी सेनामा गएका ४१ जना नेपालीको मृत्यु भइसकेको खबर आएको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

चीन र भारतबीच सीमा वार्ता जारी

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu