ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ६ मा कर्मचारी नभएर समस्या


admin
१० फाल्गुन २०७४, बिहिबार   ४ : २५   बजे

सुर्खेत, १० फागुन । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो ।

प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको गरी २१५ कर्मचारीको दरबन्दी कायम छ ।

दरबन्दीअनुसारका कर्मचारी यो प्रदेशमा नआएको ६ नं प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिनुभयो । मन्त्रालयका सचिवसहित आजसम्म ६६ जनाले कर्मचारीले नियमित हाजिर गरिरहेको उहाँले बताउनुभयो । यो प्रदेशमा दरबन्दी भएर पनि १५० कर्मचारी अझै सम्पर्कमा आएका छैनन ।

प्रदेश नं ६ अन्तर्गत प्रदेश प्रमुखको कार्यालयमा छ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३, प्रदेशसभा संसद्को सचिवालयमा १६, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा १४, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ११, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २१, सामाजिक विकास मन्त्रालयमा २५, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २१ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २२ जना गरी १४९ जना कर्मचारी सम्पर्कमा नआएको प्रमुख सचिव प्रधानले जानकारी दिनुभयो ।

केन्द्रले खटाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयका सचिवमार्फत पनि ताकेता तथा थप कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयसँग नियमित समन्वय गर्नेकाम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

“मन्त्री नियुक्त भएर मन्त्रालयमा आइसक्नुभएको छ तर केन्द्रीय सरकारले पठाएका कर्मचारी नहँुदा कामकाजमा समस्या भयो” उहाँले भन्नुभयो । हालसम्म सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा तीन जना मात्रै हाजिर भएको प्रधानले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रशासन सचिव यज्ञराज बोहरा, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव केशवप्रसाद आर्चाय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव ढुण्डीप्रसाद निरौला, सामाजिक विकास मन्त्रालयमा निमित्त सचिव भक्तबहादुर ढकाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिव विद्यानाथ झा र भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयमा सचिव शिवनारायण चौधरीले जिम्मेवारी समाल्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा भने सचिव नहुँदा निमित्त सचिवका रुपमा शाखा अधिकृत निर्मला रेग्मीले काम गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group