ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु


एबीसी न्यूज
३१ बैशाख २०८१, सोमबार   ११ : ५३   बजे

काठमाडौं ३१ बैशाख । दुल्लु नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –६ का ५६ वर्षीया कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् ।

रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । मृतक दुई जनालाई दुल्लु अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न एम्बुलेन्समार्फत सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको थियो ।

गएको आइतबार दुल्लु नगरपालिका–६ धाडा जङ्गलमा भएको ट्र्याक्टर दुर्घटनामा ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।

शोकमा गाउँ

गाउँमा विद्युत् विस्तार हुनुभएपछि पोल लिन गएका गाउँलेहरू कहिल्यै नफर्किने गरी गएपछि गाउँ नै शोकमा डुबेको छ । दुर्घटनामा परी ज्यान गुमाउने तीनै जना र चार जना घाइते सबै एकै गाउँका हुन् ।

ट्र्याक्टरले बोकेको विद्युतको पोल हल्लिएर भे।१ त। ८९६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा एक जनाको घटना स्थलमै ६ जना घाइते अवस्थामा उद्धार गरिएको थियो । घाइते चालक कमल शाही र कमारो रावललाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो ।

घाइते भएका ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ट्र्याक्टर धनी ३१ वर्षीय ललितबहादुर खड्काको दुल्लु अस्पतालमा उपचार चलिरहेको जिल्ला प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu