ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपीएफ महिला फुटबल टोलीको एनआरएन हङकङबाट बिदाई


admin
१० फाल्गुन २०७४, बिहिबार   ५ : ५३   बजे

काठमाडौं, १० फागुन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङको संयोजन र हङकङ फूटबल एशोसियसन (एफए)को आयोजनामा लुनार न्यु इयर कप २०१८ को अवसरमा हङकङ महिला टिम र सशस्त्र प्रहरी बल नेपाल महिला टिमबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता फेब्रुअरी १९, २०१८ का दिन मंकक स्टेडियममा सफलताका साथ सम्पन्न भएको छ । उक्त प्रयोजनको लागि नेपालबाट आएका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनाको टोली फर्केका छन् ।


उक्त प्रतियोगिताबाट नयाँ इतिहास कोरिएको छ । यस भन्दा अघि नेपाल र हङकङबीच महिला फूटबलमा दुई पटक भेट भएको थियो । दुवै खेलमा नेपाल पराजित भए पनि यस पटक क्लव स्तरीय नेपाल टिमले हङकङ टिमलाई ३–१ ले पराजित गरेको छ । यस खेलबाट नेपाल र हङकङबीचको सम्बन्ध सुमधुर बनाउँन साथै नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको हाम्रो ठहर रहेको छ । 


यस प्रतियोगिताको लागि नेपाल पक्षको खर्च (लगभग १ लाख ५० हजार हङकङ डलर)को व्यवस्था एनआरएनए हङकङले गरेको थियो । उक्त खर्चको व्यवस्थापन यस संस्थाले प्राप्त गरेको ९० कम्प्लिमेन्ट्री टिकटबाट सहयोग र प्रायोजन संकलन लगायतबाट गरिएको थियो । यसको साथै नेपाली कन्सुलेट जनरलबाट केही आर्थिक सहयोग र नेपाल वायुसेवा निगमबाट प्रायोजन प्राप्त भएको थियो । आम्दानी–खर्चको पूर्ण विवरण यथासिघ्र सार्वजनिक गरिने महासचिव किसन राईले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


यस विषयमा पारदर्शिताको लागि एनआरएनए हङकङ र एफएबीचको सम्झौतापत्र सार्वजनिक गरिएको छ । यस अवसरमा उक्त प्रतियोगिता सफल बनाउँन प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याउने हङकङ नेपाली पूmटबल एशोसियसन, आर्थिक दाता, प्रायोजकलगायत सम्पूर्णलाई धन्यवाद् दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu