काठमाडौं १ जेठ । समुद्रमा चल्ने पानी जहाज नेपालमा दर्ता हुने भएका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समेटिएको राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा जानकारी गराएका छन्।
त्यस्तै, सरकारले नेपालको पहुँच समुन्द्रसम्म पुर्याउनका लागि जलमार्गको विकास गरिने पनि जानकारी गराए। नारायणी र कोसी नदीमा पानी जहाज सञ्चालनका लागि टर्मिनल भवन निर्माण गरिने भएको हो।
प्रतिक्रिया दिनुहोस्