ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपाल विजयी


एबीसी न्यूज
२ जेष्ठ २०८१, बुधबार   ८ : ०३   बजे

काठमाडौं, २ जेठ। ओपनर कुशल भुर्तेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले पहिलो टी(२० अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा नेपालले १(० को अग्रता लिएको छ ।

१९७ रनको लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ५२ र सोमपाल कामीले ३५ रन बनाए । ओपनर कुशल भुर्तेलले ७० र आशिफ शेखले २६ रन बनाए ।

एक समय १४।२ ओेभरमा ११८र६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए ।

अन्तिम २ ओभरमा ३८ रन चाहिंदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए ।

र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो ।नेपालका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झा सस्तैमा आउट भए ।त्यसअघि पार्क हिल प्लेइङ फिल्डमा टस हारेर ब्याटिङ गरेको भोलक्यानोजले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

नेपालका रोहित पौडेलले तीन र प्रतिश जिसीले एक विकेट लिए ।नेपाल र विनवार्ड्सबीचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुँदैछ ।आईसीसी टी–२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका आउनेछ ।

नेपालले २२ र २३ मे मा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसीले प्रदान गर्ने दुई वार्मअप खेल खेल्नेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, श्रीलंका र बंगलादेश समूह डी मा छन् ।

नेपालले ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group