ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन आइपुगे पुटिन, सीसँग भेटवार्ता गर्ने, पश्चिमा मुलुकमा बढ्यो त्रासमा


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   १० : ५७   बजे

काठमाडौं, ३ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

रुसको राष्ट्रपतिमा पाचौं कार्यकालका लागि चयन भएसँगै उनको सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका हुन् । दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ उत्रिनुअघि उनले चिनियाँ सञ्चार माध्यसँग कुराकानी गरेका थिए ।

सिन्ह्वासँगको कुराकानीमा पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ । युद्धमा संलग्न सबै राष्ट्रहरुको हित हुनेगरी सहमतिका लागि रूस बाधक नरहेको पुटिनको भनाइ छ । ‘हामी सहमतिको विपक्षमा छैनौं । तर युद्धमा संलग्न सबै राष्ट्रको दीर्घकालीन हित र सुरक्षालाई मध्येनजगर गर्दै सहमति हुनुपर्छ भन्ने पक्षमा छौं । संवादका लागि रूस तयार छ,’ पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । संवादका क्रममा उनले चीन र रूसबीच नयाँ विश्वका लागि वृहत रणनीतिक साझेदारी हुने बताएको ग्लोबल टाइम्समा समाचार छ ।

पुटिनले रूस युक्रेन युद्ध अन्त्यका लागि चार सिद्धान्त अघि सारेका छन् । पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ– शीत युद्धकालीन मानसिकताको अन्त्य, सबैको सुरक्षाको प्रत्याभुति, अन्तर्राष्ट्रिय कानुनको सम्मान र राष्ट्रसंघको वडापत्रमा आधारित आपसी सम्बन्धको सुनिश्चतताको प्रत्याभुति युद्ध अन्त्यका लगि अपरिहार्य छ । यस भेटमा दुई मुलुकबीच वृहत रणनीतिक साझेदारी सम्बन्धि सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।

पुटिनको चीन भ्रमणका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सबै विदेश यात्रा स्थगन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu