ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई शेखरको जवाफ– कुनै दलको धम्कीले कांग्रेस डराउँदैन


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   १ : ०२   बजे

काठमाडौं ३ जेठ । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन्।  बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए। उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने पनि बताए।

बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए। सोही विषयलाई लिएर नेता कोईरालाले काँग्रेस कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन्।

 

‘कुनैपनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली काँग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ उनले भने।

उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताउँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर काँग्रेसलाई चित्त नबुझे काँग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरु नमानेको आरोप पनि लगाए।

‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ। भोलि के हुन्छ हामी भन्नसक्ने अवस्थामा छैनौँ। त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ। यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली काँग्रेसले,’ उनले भने, ‘साथीहरुले एउटा कुरा भन्नुभयो, तपाईंहरुले गृहमन्त्रीलाई बोल्न दिनुभएन। बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा।रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमा छ। तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ। हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस्।’

नेता कोइरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने पनि बताए। नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप उनले लगाए।

‘हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ। यो क्लियर हुुनुपर्छ। हामीले संसद अवरुद्ध गर्ने कारण यही हो। लोकतान्त्रिक अवस्थामा संसद अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि छ, ति आफ्ना ठाउँमा छन्,’ उनले भने, ‘हामीले केही भनेको छैन। रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन। छानबिन समिति बनाउनुस् भनेका छौँ। गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटकपटक आएको छ। उहाँले नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नुहन्छरु यो कुरामा सत्ता पक्षका साथीहरु, दलहरु स्वीकार्ने पक्षमा देखिनुभएको छैन। यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ। पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, काँग्रेसले सदनमा राखेको हो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group