ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   १ : ५५   बजे

काठमाडौं ३ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

सञ्चारिका समूह नेपालले आज आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उहाँले जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विपद्पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषणलगायतमा सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने बेला आएको छ । जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्याङ्क विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आमनागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।”

उहाँले अझै विपद् जोखिमका पूर्वसूचना र जोखिम विश्लेषण गुणात्मकरुपमा बढाउँदै हिन्दुकुश हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउने सवाललाई सञ्चारमाध्यमले पनि महत्वपूर्ण एजेण्डा बनाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले सिर्जना गर्ने लैङ्गिक विभेदको सवालमा पनि सञ्चार क्षेत्र गम्भीर बन्न आवश्यक रहेको बताउँदै विभेदमा परेका समुदायलाई सरकारले सम्बोधन गर्ने नीति लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा देखा परेको छ । यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो । जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपद्का घटना बर्सेनि बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ ।”

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले जलवायु परिवर्तनले विश्वभर संकट सिर्जना भइरहेकोमा महिलाहरु बढी प्रभावित भइरहेको बताउनुभयो । उहाँले आउने पुस्तालाई राम्रो प्रकृति अवस्था छोडेर जान सक्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले वातावरणीय प्रभावका विषय प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आफ्नो जीवनशैलीले पनि प्राकृतिक विपद् निम्तिएका छन् । वातावरणलाई जबसम्म मिडियाले विषयवस्तु ठान्दैन तबसम्म यसको सम्बोधन हुँदैन ।”

इन्टरनेशनल अलर्ट राष्ट्रिय निर्देशक रविना श्रेष्ठले वातावरणीय प्रभाव न्यूनीकरणमा सञ्चारमाध्यम पनि उल्लेखनीय भूमिका रहे बताउनुभयो । उहाँले नेपाल जोखियमुक्त देश भएको र यसको न्यूनीकरणका लागि सबै पक्षबाट लाग्नुपर्नेसँगै आममानसमा जनचेतना बढाउन आवश्यक रहेको बताउनुभयो ।

यस वर्ष नेपालसहित विश्वभरि नै ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu