ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार छलेर ल्याइएको नौ लाखका कपडा बरामद


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   १ : ५९   बजे

काठमाडौं ३ जेठ । भन्सार छलेर ल्याइएको नौ लाख रुपियाँभन्दा बढीका भारतीय कपडा महोत्तरी प्रहरीले बरामद गरेको छ । रामगोपालपुर नगरपालिका ६ स्थित सडक छेउबाट बेवारिसे अवस्थामा एक हजार १५७ थान कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । बरामद कपडामध्ये एक हजार र एक हजार पाँच सय दरका ७१५ थान साडी तथा सोही दरका ४४२ थान लेडिज कुर्ता सुरुवाल छन् ।

रामगोपालपुर आसपासका क्षेत्रमा सीमा तस्करको चलखेल बढेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट खटी गएको गस्तीले सामानसहित बीआर ०६ बीएक्स ३३४० नम्बरको मोटरसाइकसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलाल प्रसाद जसवारले जनाउनुभयो ।

यस्तै सीमा गस्तीमा रहेको प्रहरीले जलेश्वर नपा ३ बाट बीआर ०६ बीएल ४२२३ नम्बरको मोटरसाइकलसहित म्याक्स कम्पनीको ३६ लिटर मोविलसमेत नियन्त्रणमा लिएको छ । गस्ती प्रहरीलाई टाढैबाटदेखि मोटरसाइकसहित मोविल छाडेर तस्कर फरार भएको प्रहरीको भनाइ छ ।

बरामद कपडाको आठ लाख ४१ हजार आठ सय र मोटरसाइकलको ६० हजार गरी नौ लाख एक हजार आठ सय रुपियाँ तथा मोविल र मोटरसाइकलको एक लाख एक हजार ६ सय रुपियाँ प्रतिवेदन मूल्य कायम गरी कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group