ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यकः अध्यक्ष नेपाल


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   २ : ०४   बजे

काठमाडौं ३ जेठ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मदन(आश्रित स्मृति दिवसलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गर्नुभयो । उहाँले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताउनुभयो ।

‘‘मदन भण्डारीका उत्तराधिकारी हामीले अब यो आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि अघि बढ्नुपर्छ । मदन भण्डारीले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौँ खालका चुनौतिहरु उल्लेख गरी भन्नुभयो, अहिले कम्युनिष्ट पार्टीहरुमाथि लागिरहेका आरोपहरु । कम्युनिष्ट पार्टीको भविष्यमाथि उठाइएका प्रश्नहरु र कम्युनिष्ट पार्टीलाई लोकप्रिय हुन नदिने खालका अनेकौँ किसिमका सोचहरु, कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्नुपर्छ ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्नुपर्छ । कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति हो । लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो । यसले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दछ । यसलाई अधिनायकवादी शक्ति भनेर आरोप लगाउँछन् भने त्यो झुटो आरोप मात्रै हो । यो कम्युनिष्ट आन्दोलन अघि बढाउन र जनताको विश्वासलाई अघि बढाउने काममा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । जनताको बहुदलीय जनवादको सान्दर्भिकता समाप्त भएको छैन ।’’

अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर जानुभएको जिम्मेवारीलाई पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu