ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपामा छलफल : संसदीय समिति स्वीकार्ने कि सरकार छाड्ने ?


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   ४ : १५   बजे

काठमाडौं ३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले संसदको अवरोध अन्त्य गर्ने सम्भावित विकल्पबारे छलफल गरेको छ । छलफलमा सशर्त संसदीय समिति गठन गर्नेदेखि सरकार नै छाड्नेसम्मका विषय उठेको नेताहरु बताउँछन् ।

सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

संसदको आजको बैठक ४ बजे बोलाइएको छ । रास्वपा सभापति समेत रहेका लामिछानेले बिहीबार बिहान पार्टीका उपलब्ध केन्द्रीय सदस्यहरुसँग संसदको अवरोध र सम्भावित विकल्पबारे छलफल गरेका छन् ।

रास्वपा नेताहरुले कांग्रेसले लगाएको आरोप सरकारबाट हट्नुपर्दाको कुण्ठा भनेका छन् । देशभर ३४ हजारभन्दा बढी सहकारी भए पनि कांग्रेस चार वटामा मात्र समस्या छ भने जसरी आएको रास्वपाका नेताहरु बताउँछन् ।

तर लगातारको संसद अवरोधका कारण बजेट नै आउन अठ्यारो हुने भएकाले निकासका विकल्पहरुबारे छलफल भएको एक नेताले बताए ।

त्यसमध्ये संसदीय समिति गठन गर्ने पनि रहेको सहप्रवक्ता मनिष झाले बताए । ‘समिति स्वीकार गर्न हामी तयार छौं । तर त्यसका लागि हाम्रा दुईवटा शर्त छन्’, उनले भने, ‘उहाँहरुले आरोपमाथि आरोप लगाएपछि जवाफ दिन पाउनुपर्छ ।’

अर्थात कांग्रेसले उठाएको प्रश्नमा गृहमन्त्री लामिछानेले रोष्ट्रममा उभिएर जवाफ दिन पाउनुपर्ने रास्वपाले शर्त राखेको छ । गृहमन्त्रीले जवाफ दिएपछि कांग्रेसले फेरि आरोप लगाउन खोजेका कारण २८ वैशाखको संसद बैठक अगाडि सहमति हुन नसकेको उनले बताए ।

गृहमन्त्रीले जवाफ दिने, फेरि कांग्रेसले आरोप लगाउने हुन नसक्ने रास्वपा नेताहरु बताउँछन् । गृहमन्त्रीले जवाफ दिएपछि १५ दिन समय लिएर संसदीय समिति बनाउन सकिने भन्दै सहप्रवक्ता झा भन्छन्, ‘त्यो समितिमा रास्वपाका कोही पनि बस्दैन ।’ साथै समितिले काम गरुञ्जेल लामिछाने गृह मन्त्रालय नजाने र प्रधानमन्त्री कार्यालयमा बसेर काम गर्ने उनले बताए ।

बैठकमा सभापति लामिछानेले व्यक्ति होइन, समस्या केन्द्रित भएर समिति बन्न सक्ने बताएका थिए । ‘सहकारीको समस्या समाधान गर्नुपर्छ भनेर हामी नै भनिरहेका छौं । समग्रतामा समस्या समाधानको उपाय खोज्ने गरी समिति गठन हुनसक्छ’, बैठकमा उनले भने ‘यदि यसमा सहमति जुट्यो भने हामी तयार छौं ।’

सरकार नै छाड्ने विकल्पमा पनि छलफल भएको सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी बताउँछन् ।

समिति बनेपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे अर्को निर्णय लिए सरकार छाड्नुपर्ने मत बैठकमा आएको छ । हाल परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन सक्ने आशंका रास्वपाका नेताहरुमा छ ।

नयाँ गृहमन्त्रीका रुपमा पार्टीबाट हाल श्रममन्त्री रहेका उपाध्यक्ष डीपी अर्याललाई पठाउने वा खेलकुदमन्त्री रहेका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ समेतको सहमतिमा नयाँ व्यक्ति पठाउने विकल्पमा पनि छलफल भएको थियो ।

तर सभापति लामिछाने बाहिर रहेर रास्वपा सरकारमा रहिरहने सम्भावना नभएको एक नेताले बताए । उनले भने, ‘त्यो अवस्थामा हामी सरकार छाड्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group