ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समितिको मापदण्डबारे कांग्रेससँग मिलेन कुरा, रविसँग छलफलमा प्रचण्ड


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   ५ : १०   बजे

काठमाडौं ३ जेठ । नेपाली कांग्रेसले सहकारी समस्यासम्बन्धी छानबिन समिति बनाउने विषयका मापदण्डमा असहमति जनाएउपछि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले थप छलफल अघि बढाएका छन्।

अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भइरहेको छ।

‘अहिले उहाँहरू छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘उहाँहरूले जानकारी नदिइ आजको बैठक के हुन्छ भन्न सकिएन।’

 

संसदीय छानबिन समिति बनाउन सहमतिको अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस प्रतिवेदनमा उल्लेख गरिने मोडालिटी ९टीओआर० बारे असन्तुष्ट भएको छ।

कांग्रेस सांसद जीवन परियार र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लगातार छानबिन समितिको प्रतिवेदनमा उल्लेख हुने मापदण्डबारे छलफल गरिरहेका छन्।

सोही प्रयास सार्थक बनाउनेगरी बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्हसम्मका लागि सारिएको थियो। यद्यपि सो छलफल निष्कर्षमा पुग्न नसक्दा आजै दोस्रोपटक बोलाइएको प्रतिनिधिसभा बैठक पनि अन्यौलमा परेको छ।

नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार, टीओआर लेखनमा उठेका कतिपय प्रश्न निरुपण गर्नेगरी अझै छलफलका लागि समय बढाउनुपर्ने अवस्था देखिएको छ।

‘बैठक बस्ने, अवरोध गर्ने र फेरि अर्को बैठक बोलाउनेगर्दा त्यसको अर्थ हुँदैन,’ सिटौलाले नेपालखबरसँग भने, ‘समिति बनाउने कुरामा लगभग सहमति छ, टीओआरको बारेमा केही बढी होमवर्क भोलिसम्म गर्दा राम्रो होला।’

सिटौलाले भनेजस्तै कांग्रेसले औपचारिक रुपमा आज पनि सहमति जुट्न नसकेको बताएको छ।

पार्टी प्रवक्ता समेत रहेका सांसद डा। प्रकाशशरण महतका अनुसार गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानविन गर्न सत्तापक्षका नेताहरू तयार भएका छैनन्।

‘संसदीय छानविन समितिले नै माग गर्‍यौँ। त्यो विषयलाई ओझेलमा पारेर त्यसलाई सामान्यिकरण गर्दाखेरी त्यसको लक्ष्य हासिल हुन सक्दैन। त्यस हुनाले कुरा मिलेको छैन,’ महतले भने।

औपचारिक निर्णय सुनाउँदै कांग्रेसले संसद् बैठक अवरोध राख्ने बताएपनि आजकै लागि बोलाइएको दोस्रो बैठक पनि स्थगित हुने सम्भावना बढेको छ।

यद्यपि संसद् स्थगित गन निर्णय भने भइसकेको छैन। संसद् भवनभित्रै रहेका एक सांसदका अनुसार, बैठक बसेर स्थगित गराउने वा सूचना टाँस गराउने भन्नेबारे छलफल चलिरहेको छ।

साँझ ४ बजेका लागि बोलाइएको बैठक झण्डै १ घन्टा बित्दा पनि चल्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, नारायणगढ–काठमाडौं आवागमन ठप्प

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu