काठमाडौं ४ जेठ । अवरुद्ध राष्ट्रिय सभा बैठक सञ्चालनका लागि अध्यक्ष नारायणप्रसाद दाहालले पहल सुरु गरेका छन्।
राष्ट्रियसभा अध्यक्षको सचिवालयका अनुसार अहिले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरमा सुरु भएको छ।
बिहीबारको बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो। अवरोधपछि स्थगित बैठक शुक्रबार दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्