ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत, ३ बुँदे समझदारी


एबीसी न्यूज
४ जेष्ठ २०८१, शुक्रबार   २ : ४६   बजे

काठमाडौं ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको प्रतिनिधि सभामा विपक्षी बेञ्चका बस्ने दलहरूको बैठकले तीन विषयमा साझा समझदारी बनाएका छन्।

विशेषगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एउकजुट भएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस, जनता समाजवादी पार्टी नेपाल ९जसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुसँग शुक्रबार ९जेठ ४०मा संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।

 

‘सहकारी रकम अपचलनबारे संसदीय छानवीन समिति बनाउनुपर्नेमा हामी एक मत छौँ,’ छलफलमका सहभागी कांग्रेस उपसभापति खड्काले नेपालखबरसँग भने, ‘यसमा बटम लाइन नै बनाउने समझदारी बनेको छ।’

विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराएको उनले बताए।

‘जुन तरिकाले संसद चल्यो, त्यसमा हामी विपक्षी दलहरुको असहमति रह्यो। सभामुखले त्यस्तो परिस्थिति निर्माण हुने गरी, रोष्ट्रममा गएको, सबै अपोजिसनका माननीयहरु खडा भएका बेलामा हाउसलाई जवर्जस्ती चलाउने जुन काम गर्नुभयो, त्यो बेठिक भयो, त्यो अनुचित रहेको कुरामा सहमत भइयो।’

उनले थपे, ‘यी सबै प्रक्रियामा हामी सबै एकैठाउँमा छौँ भन्ने सन्देश लिएर पाँचै दलको तर्फबाट सभामुखलाई जानकारी पनि गराइयो, भन्नुपर्ने कुरा पनि भनियो।’

संसदीय समिति छानवीन समिति नबनेसम्म संसदका कुनैपनि प्रक्रिया अघि बढ्न नदिने निर्णय भएको लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए।

उनका अनुसार संसदलाई पेलेर चलाउन खोज्ने सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय प्रक्रिया अपनाउन अनुरोध पनि गरिएको छ।

‘हिजोको सदन बढाउने कोसिस गरेको विषयमा सदनको मर्यादामा असर पर्ने भएकोले यो विषमा सभामुखको ध्यानाकर्षण गर्ने, संसदीय समिति नबनेसम्म सरकारलाई कुनैपनि एजेण्डामा प्रवेश गर्न नदिने हामीबीच सहमति भएको छ’ भण्डारीले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group