काठमाडौँ, ५ जेठ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ भने बाँकी तराईका भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।
दउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ।
प्रतिक्रिया दिनुहोस्