ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले कति पटक विश्वासको मत लिने भन्दै शेखर कोइरालाको कटाक्ष


एबीसी न्यूज
५ जेष्ठ २०८१, शनिबार   ४ : ०८   बजे

काठमाडौं ५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक विश्वासको मत लिनुभएकोप्रति आश्चार्य प्रकट गरेका छन् ।
प्रधानमन्त्री.प्रचण्डले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उहाँले त्यसप्रति आपत्ति जनाउनुभएको हो । नेता कोईरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गर्नुभयो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोईरालाले निर्वाचन प्रणालीकाकारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढने कुरामा ठूला दल काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडान समेत दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरता यो देशमा छैन । मैले अघि सभापतिजीलाई सोधेँ–के हुन्छ भोलि ? खै, के हुन्छ भनेर भन्नु भयो । मुलुकको राजनीतिक अवस्था त्यस्तो छ । अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढिरहेको छ । राजनीतिक दलहरु को प्रधानमन्त्री हुनेमा नै सीमित भइरहनुभएको छ । मलाई त त्यही आभास हुन्छ । सबै राजनीतिक दलको नेतृत्व वर्गसँग कुरा गर्दाखेरी को प्रधानमन्त्री हुने, कसरी जाने सोच बनाएर अगाडि बढिरहनु भएको छ । के को लागि प्रधानमन्त्री बन्ने ? प्रधानमन्त्री बनेर गर्ने के ? भन्ने कुरा आज तपाईहरुले कसैलाई सोध्नुभयो ? प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्नसक्ने अवस्था छैन । म यसो गर्छु, उसो गर्छु त भन्नुहुन्छ । तर उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ । कति चोटी विश्वासको मत लिनु हुन्छ ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ । ३ चोटी त भईसक्यो । र यही तरिकाले सरकार चल्ने हो भने अझ २÷४ चोटी सरकार फेरिरहन्छ । र सरकार फेरीरहँदाखेरी पोलिसीहरु चेन्ज भईरहन्छ । अनि त्यसको मार तपाईहरु जस्तो व्यवसायीलाई पर्छ । त्यसैले राजनीतिक स्थायित्व हामीहरुले दिन सक्नुपर्दछ । राजनीतिक स्थायित्व दिन सकियो भने आर्थिक विकास बिस्तारैबिस्तारै हुँदै जान्छ । त्यसमा कसैले भनिरहनु पर्दैन । अलिकति हामीहरुले पोलिसीहरु चेन्ज गरिकन लगानीका लागि ऐनहरुलाई चेन्ज गरिदियौ भने हुन्छ ।

सुशासन छँदैछैन भन्ने कुरा पनि गर्नुभयो । पक्कै पनि हो । राजनीतिक स्थिरता नभई सुशासनको कल्पना गर्नु हुँदैन । सुशासनको कल्पना नै नगर्नुस् । सुशासन हुन्छ भनेर । राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन, पारदर्शिता यो सँगसँगै जाने कुरा हो । यो जानका लागि बाधक के छ त ? भन्दा हाम्रो संविधान नै बाधक हो कि भन्ने मलाई लाग्छ । संविधानले निर्वाचन प्रणाली यस्तो बनाई दिएको छ । कुनै पनि दलको बहुमत आउनै सक्दैन । सम्भव नै छैन निर्वाचन प्रणाली यस्तो बनाई दिएको छ । त के गर्नु ? निर्वाचन प्रणाली परिवर्तन गर्नुप¥यो । निर्वाचन प्रणाली परिवर्तन गर्न दुई तिहाई बहुमत चाहियो । दुई तिहाई बहुमत कसरी आउँछ ? हाम्रो संविधानमा निर्वाचन प्रणाली बाधक भएर बसेको छ जस्तो लाग्छ । यो मेरो विचार हो पर्शनल । त्यसका लागि दुई वटा ठूला दल एक ठाउँमा नउभिई दुई तिहाई बहुमत आउन सक्दैन अहिले । तर एउटा डर त छ । दुई वटा ठूलो दल एक ठाउँमा उभिदाखेरी के हुन्छ त भन्दा निरंकुशतातिर देश जान्छ कि भन्ने ठूलो डर छ मान्छेहरुमा र म मा पनि त्यो डर छ । हामी किन जाने, के का लागि ? किन सरकार परिवर्तन गर्ने ?

 

संविधानमा केही सुधारहरु गर्नुपर्नेछ । त्यसका लागि सरकारमा जानुपर्छ भनेर पहिलो निर्णय गर्नु पर्छ । अनि के के मा सुधार गर्ने भन्ने छलफल भएपछि मात्रै सरकारमा जानुपर्छ । होइन भने हामी जानु हुँदैन त्यसरी । के को लागि जाने ? देखिरहनु भएको छ त प्रधानमन्त्री फटाफट चेन्ज हुनु भयो । प्रधानमन्त्री उही हुनुहुन्छ । उहाँ भन्दा अघि हाम्रो शेरबहादुरजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो भन्दा पहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो । कसले के गर्नु भयो ? आज पनि त्यही गुनासो छ । गुनासो चेन्ज भएको छैन तपाईहरुको । त्यसकारण त्यो निर्वाचन प्रणालीलाई चेन्ज गर्ने हो र केही सुधारहरु गर्नुपर्ने छ भने त्यतातिर हामीहरुले ध्यान पु¥याउनुपर्ने मैले आवश्यक्ता देखेको छु । होइन भने देश यसैगरी चल्यो भने भयाबह स्थिति छ । यसलाई सुधार गर्न सकिदैन भन्ने होइन । नेपाललाई समुन्नत नेपाल, समृद्ध नेपाल हामी बनाउन सक्छौं । तपाईहरुले बनाउन सक्नु हुन्छ । हामीमा आँट, जोश, जाँगर छ । युवाहरु छन् । हामी सक्छौं । तर जसरी देशमा भ्रष्टाचारले जालो गाडेको छ । सुशासन छँदैछैन । यसरी देश अव अगाडि बढ्न सक्दैन । यी सब कुराहरुलाई ठिक पार्नका निम्ति, राजनीतिक स्थायित्व दिनका निम्ति हामीहरु एक ठाउँमा उभिनै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu