काठमाडौं, ६ जेठ । काठमाडौँ उपत्यकामा शनिबार यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुुसार शनिबार ( हिजो ५ गते) यो वर्ष अहिलेसम्मकै बढी तापक्रम देखिएको हो।
शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस पुगेको थियो भने, ‘यो वर्ष यसभन्दा अघि काठमाडौँमा सबैभन्दा बढी तापक्रम गत अप्रिल ३० मा ३३.५ डिग्री सेल्सियस थियो, शनिबार योभन्दा बढेर ३३।६ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ६ गते भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.३ डिग्री सेल्सियस देखिएको र अधिकतम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्का वर्षा हुने सम्भावना छ। ‘अहिले बिहानीपख एकछिन घाम लागे पनि अपराह्नपछि बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना रहेको मौसम विद्हरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्