ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्ष नै प्रधानमन्त्री, ‘मिसन ८४’ मा ओलीसँगै प्रचण्ड


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   १२ : ३४   बजे

काठमाडौं ६ जेठ । चौथोपटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० लाई थपथपाउनुपर्ने त अरूले थियो। तर प्रचण्ड यति विश्वस्त रहेछन् कि विश्वासको मत लिनु अघिल्लो दिन उनी अरूलाई पो थपथपाइरहेका भेटिए।

‘मतमा घटबढ भइरहन सक्छ तर जतिपटक लिनुपरे पनि विश्वासको मत पाइरहन्छु’ पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा शनिबार ९५ जेठ० आयोजित एक कार्यक्रममा उनले भने, ‘तपाईंहरूले चिन्ता लिइरहनुपर्दैन।’

प्रचण्डले सोही कार्यक्रममा नाम उल्लेख नगरी कांग्रेसका कुनै नेता ९संभवत शेखर कोइराला हुनसक्छन्, किनकि उनले शनिबार प्रचण्डलाई कतिपटक विश्वासको मत लिइरहनुहुन्छ भन्ने प्रश्न गरेका छन्० ले १२–१३ पटक विश्वासको मत लिनुपर्छ भन्ने लागेको कुरा आफूलाई सुनाएको उल्लेख गरेका थिए।

 

‘अघिल्लो पटक मैले तेस्रो पटक विश्वासको मत लिएको थिएँ। अहिले चौथोपटक लिन लागेको छु। यसैगरी पाचौँ, छैटौँ हुँदै जाने हो कि भन्ने देखिन्छ,’ उनको भनाइ थियो, ‘जति पटक लिनुपर्ने हो भनेपनि विश्वासको मत हुने कुरामा म विश्वस्त छु।’

सत्ता हो, यो जतिबेला पनि ढल्न सक्छ। तर, पाँच वर्ष नै प्रधानमन्त्री बन्नसक्ने विश्वास प्रचण्डमा पलाउँदै गएको छ भने उनको विश्वासलाई अवास्तविक मान्नुपर्ने कारण छैन।

उपनिर्वाचन परिणाम, एमाले–माओवादी सम्बन्ध, सत्तापक्ष ९एमाले०–प्रतिपक्ष ९कांग्रेस० बीचको द्वन्द्वलाई एकै डालीमा राखेर विश्लेषण गर्दा प्रचण्डको विश्वास वास्तविक नै लाग्छ।

शत्रुताको परिणाम
सरकारमा एमाले ‘इन’ कांग्रेस ‘आउट’ हुँदै गर्दा गत फागुनमा कांग्रेस र प्रचण्डबीच संसदमा रोचक सवालजवाफ र घोचपेच भएको थियो।

एमालेद्वारा शहीद दिवसको अवसरमा २१ फागुनमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू ‘जीवित छउन्जेल उथलपुथल भइरहने’ उल्लेख गरेका थिए। आफूलाई नजरअन्दाज नगर्न एमालेको मञ्चबाट प्रचण्डले एमाले–कांग्रेस दुबैलाई दिएको चेतावनी थियो यो।

यो चेतावनीको जवाफ कांग्रेस नेता रमेश लेखकले चेतावनी मार्फत् नै दिएका थिए, ‘कांग्रेस–एमाले मिले भने तपाईंको हालत के होलारु’

‘सक्नुहुन्छ भने कांग्रेस–एमाले मिलेर सत्ता चलाए हुन्छ,’ तेस्रो पटक विश्वासको मत लिँदै गर्दा प्रचण्डले कांग्रेसलाई जवाफ दिएका थिए, ‘म प्रमुख प्रतिपक्षी दलको नेता भएर बस्छु। तपाईंहरू मिल्दापनि प्रमुख प्रतिपक्षमा मेरो स्थान तपाईंहरूले खोस्न सक्नुहुन्न।’

खासमा कांग्रेस–एमाले मिल्न सक्दैनन् भन्ने बुझेरै प्रचण्डले यस्तो जवाफ फर्काएका थिए। उनको विश्लेषण अहिलेसम्म सही सावित भएको छ।

‘कांग्रेस–एमाले मिलेर प्रचण्डलाई सत्ताच्युत गरौँ’ भन्ने प्रस्ताव कांग्रेसका नेताहरूले राखेकै हुन्। तर, जेठसम्म आइपुग्दा कांग्रेस–एमालेबीचको सम्बन्ध प्रनिधिसभामा भौतिक भिडन्तको तहसम्म विकसित भएको छ। सेना–मेना खटाएर प्रतिनिधिसभाभित्रै भीडन्तमा उत्रेका केपी ओली र शेरबहादुर देउवाले एक–अर्कालाई प्रधानमन्त्री पद ‘अफर’ गर्लान् भन्ने विश्वास कसैमा छैन।

उपेन्द्र यादव जसपा नेपाललाई कसरी जोगाउने भन्ने लफडामा छन्। प्रधानमन्त्री अब उनका लागि परको कुरा भयो। एकिकृत समाजवादी जसपा नेपालको हालतमा पुग्ला कि भन्ने भयमा रहेका माधव नेपालले पनि आफू प्रधानमन्त्री बन्ने सम्भावना धेरै पर पुगिसक्यो भन्ने बुझिसके। सत्तासाझेदार दल भएपनि बेचैनीमा रहेको सार्वजनिक गरेर माधव नेपालले आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेको संकेत गरिसकेका छन्। प्रधानमन्त्री बन्ने भन्दा पार्टी सग्लो राख्ने विषय उनको प्राथमिकता हो।

सहकारी प्रकरणका कारण गृहमन्त्री पद नै रवि लामिछानेका लागि विपत्तिको कारक बनेको अवस्थामा उनले झन् प्रधानमन्त्री आँट्ने त अहिले कल्पनै नगरौँ।

यही कारण जतिपटक लिनु परेपनि विश्वासको मत पाउँछु भन्ने प्रचण्डको दावीमा अतिसयोक्ति छैन। कांग्रेसले नदिए एमालेले दिन्छ, एमालेले नदिए कांग्रेसले। आम निर्वाचनयता आखिर यही त हुँदै आएको छ।

उपनिर्वाचन परिणाम
१५ बैशाखमा भएको उपनिर्वाचनको परिणामपनि प्रचण्डको सत्ता लम्ब्याइदिने अर्को कारण हो।

प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ ‘क’ मा उपनिर्वाचन भएका दुबै सिटमा एमाले उम्मेदवार क्रमशः सुहाङ नेम्बाङ र दमन भण्डारी विजयी भए। यसमध्ये इलाममा नेम्बाङगले २७ हजार ७ सय ७२ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए।

यो क्षेत्रमा माओवादी उम्मेदवार थिएनन्। उसले एमाले उम्मेदवार नेम्बाङलाई समर्थन गरेको थियो। ०७९ को आम निर्वाचनमा यो क्षेत्रमा माओवादी केन्द्रले समानुपातिकतर्फ ५ हजार १ सय ५३ मत प्राप्त गरेको थियो।

उपनिर्वाचनमा विजयी नेम्बाङले कांग्रेसका खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेका छन्। तर नेम्बाङले प्राप्त गरेको मत र माओवादीले समानुपातिकतर्फ प्राप्त गरेको मतपरिणामलाई हेर्दा उपनिर्वाचनमा पनि माओवादी–कांग्रेस गठबन्धन भएको भए निर्वाचन परिणाम एमालेको विपक्षमा जाने थियो भन्ने देखिन्छ।

प्रदेशसभातर्फ बझाङ ‘क’ मा पनि एमाले विजयी भयो। २०७९ मा कांग्रेस उम्मेदवार स्व।पृथ्वीबहादुर सिंह तीन हजार बढी मतान्तरले विजयी यो क्षेत्रमा यसपटक उनका पुत्र कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंह २ सय ६७ मतले मात्र पराजित भए। विजयी एमालेका दमनबहादुर भण्डारीले ११ हजार ३ सय १३ मत प्राप्त गर्दा कांग्रेसका सिंहले ११ हजार ४६ मत प्राप्त गरे।

यो क्षेत्रमा माओवादी केन्द्रका जनकबहादुर बुढाको ३ हजार ८ सय ३१ र एकिकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गरेका थिए।
यहाँको मत परिणामले पनि माओवादीको साथ पाएको भए कांग्रेसका उम्मेदवार सहजै विजयी हुने रहेछन् भन्ने देखाउँछ।

माओवादीको यही निर्णायक मतका कारण प्रचण्डलाई आफूतर्फ आकर्षित गर्न देउवा र ओली प्रयत्न गरिरहन्छन्, प्रचण्ड अर्काको ढोक्सामा नपरुन् भन्ने प्रयास गरिरहन्छन्। विश्वासको मत पाउँछु भन्ने प्रचण्डको विश्वासको आधार यो पनि हो।

हुनपनि एक–अर्काको ढोक्सो रित्तो पार्ने कांग्रेस–एमालेको हानथापले प्रचण्डको ढोक्सो चाहिँ भरिने गरेको छ। त्यो ढोक्सोमा कहिले अलिक बढी मत पर्छ, कहिले अलि कम। तर विश्वासको मत घटबढ भएपनि त्यो सरकार टिकाउन पर्याप्त हुन्छ।

अर्को परिदृश्य
त्यसो त प्रतिनिधि सभाको यो कार्यकालमा पछि पनि रवि लामिछाने, उपेन्द्र यादव र माधव नेपालको नाम ‘सम्भावित प्रधानमन्त्री’ को रुपमा आइरहला। तर, देउवा नै प्रधानमन्त्री बन्न सम्भव नदेखिएका बेला यादव, नेपाल र लामिछाने कसरी प्रधानमन्त्री बन्लान्रु

राष्ट्रपति निर्वाचनमा प्रचण्डले रणनीतिक लाभका लागि रामचन्द्र पौडेललाई सहयोग गरेका हुन्, कांग्रेस वा देउवालाई होइन। खासमा निर्वाचनपछि प्रधानमन्त्रीमा गरेको किचलोेका कारण र चुनावका बेला गठबन्धन गर्ने–नगर्ने किचलोका कारण प्रचण्ड कांग्रेस र देउवासँग बिच्किसकेका छन्।

एमाले र कांग्रेसले जस्तै प्रचण्डले पनि ‘मिसन ८४’ पक्कै बनाएका होलान्। चुनाव जित्न कांग्रेस–एमालेलाई चाहिने गठबन्धन प्रचण्डलाई अझ बढी चाहिन्छ। कांग्रेसभित्रको बेमेल र हुने अन्तर्घातका कारण प्रचण्ड कांग्रेसबाट अघाइसकेका छन्।

उता ओलीपनि हारबाट अघाइसकेका छन्। गत निर्वाचनमा पपुलर मत बढी त एमालेले पाएको हो। तर, कांग्रेस–माओवादी गठबन्धनका कारण एमाले प्रतिनिधि सभामा दोस्रो ठूलो दलमा सीमित भयो।

अब फेरि माओवादीलाई कांग्रेससँग मिल्न नदिने एउटै उपाय चुनावमा एमाले–माओवादी गठबन्धन हो।

लाभ दुवैलाई भएकाले आगामी चुनावसम्मै ओली प्रचण्डसँगै मिलेर जानेछन्। ‘मिसन ८४’ मध्यनजर गर्दै प्रचण्डपनि ओलीसँग रहनेछन्। माधव नेपाल, उपेन्द्र यादव लगायतको सहयोगमा देउवाले प्रचण्डलाई सत्ताच्युत गर्न खोजे त्यसअगावै ओली सबैभन्दा ठूलो दलको नेता हुने गरी एमाले–माओवादी एकता हुनेछ। र, ओलीलाई प्रधानमन्त्री बनाएर १० पुष २०७९ मा ओलीले आफूलाई लगाएको गुन प्रचण्डले तिर्नेछन्।

प्रचण्डले ओली र देउवा दुबैलाई देखेका छन्, भोगेका छन्, ‘कमजोर’ हुँदापनि ओली कति शक्तिशाली छन् भन्ने र शक्तिशाली देखिँदापनि देउवा कति कमजोर छन् भन्ने बुझेका छन्। सबैभन्दा ठूलो कुरा, बालुवाटारबाट प्रचण्डले कांग्रेस–एमालेबीचको शत्रुताको ओजन तौलेका छन्।

प्रचण्डको आत्मविश्वासको आधार यो अनुभव पनि हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group