ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तापक्ष र प्रतिपक्षीको संवाद फेरि पनि रविकै नाममा पुगेर अड्कियो


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   २ : २८   बजे

काठमाडौं ६ जेठ । सत्तारुढ र प्रतिपक्षी दलहरूबीच संसदीय छानबिन समितिसम्बन्धी टीओआर कार्यदेश बारे सहमति जुटाउने विषय पुनः पेचिलो बन्दै गएको छ।

शनिबार साँझ संसदीय छानबिन समिति बनाउन तयार भएका दलहरू आइतबार बिहानैबाट टीओआर कस्तो बनाउने भन्नेबारे छलफलमा व्यस्त छन्। सिंहदरबारमा बिहानैदेखि टीओआर कार्यदलका सदस्यहरू छलफलमा थिए।

तर, समस्याग्रस्त सहकारीको नाम राख्ने÷नराख्ने भन्नेबारे सहमति जुट्न नसक्दा आइतबारका लागि बोलाइएको बैठक पनि प्रभावित बनेको छ।

 

‘टीओआरले फेरि होमवर्क गरेर ल्याएको प्रस्तावमा सबै दलको सहमति भयो भने संसदीय समिति बनेपछि मात्रै सदन चल्छ,’ लोसपा नेता शरतसिंह भण्डारीले भने।

उनका अनुसार, समस्याग्रस्त सहकारी र त्यसमा संलग्न देखिएका व्यक्तिको नाममा छानबिन हुनुपर्ने अडान कांग्रेसले कार्यदलको बैठकमा राखेको छ।

‘जुन जुन सहकारी समस्याग्रस्त छन्, घोषणा भइसकेको छ, गृहमन्त्री लगायतका मानिसको नाम आएको छ,’ उनले अघि भने, ‘समस्याग्रस्त सहकारी र संलग्न भएका व्यक्तिहरूको पनि छानबिन गरेर दोषीमाथि कारबाही गर्नु समिति बनाउनुपर्ने अडान कायमै छ।’

उनले कसैको नाम नै उल्लेख नगरी समिति बनाउन आवश्यक नै नभएको तर्क गरे।

‘सहकारीको मात्रै छानबिन गरिने भएको भए त सहकारी विभाग छँदै थियो नि। संसदीय समिति किन चाहिन्थ्योरु,’ उनले थपे।

सत्तारुढ दलहरूले भने समग्र सहकारीको छानबिन गर्नुपर्ने भएकाले व्यक्ति केन्द्रीत नभई समिति बनाउनुपर्ने पुरानै तर्क आज पनि कार्यदलको बैठकमा राखेका छन्।

‘कुन कुन सहकारी समस्याग्रस्त हुन भन्ने कुरा त क्लियर हुनुपर्यो नि,’ भण्डारीले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu