ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय छानबिन समितिको टीओआरमा सहमति हुन सकेन- कांग्रेसले समय माग्यो


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   २ : ४४   बजे

काठमाडौं ६ जेठ । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षको कार्यदलबीच छलफल भएको छ । संसदीय छानबिन समितिको कार्यादेश के हुने भन्ने तय गर्न गठित समितिले बुँदागत रूपमा सहमति जुटाउन भने सकेन ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी संयोजकत्वको समितिको आइतबार बिहान बसेको बैठकले सहमति जुटाउन सकेन । सैद्धान्तिक रूपमा सहकारी समस्या समाधान गर्नका लागि कार्यदलमा रहेका सदस्यहरूबीच समझदारी भएपनि बुँदागत रूपमा कार्यादेशबारे सहमति जुट्न नसकेको हो ।

समिति सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार कार्यादेश बनाउने विषयमा सहमति नजिक पुगिएको बताए । ुहिजो समिति बनाउने सहमति भयो । टीओआर बनाउने समितिको छलफल भयो । सहमति नजिक पुगेका छौं तर बैठक टुंगिएको छैन । हामीले टीओआर कस्तो बनाउने भन्ने विषयमा टाढा पनि छैनौं र एकाध विषयमा कांग्रेसका आफ्ना भनाइ छन्,ु बर्तौलाले भने, ुसमग्र सहकारीको समस्या समाधान होस् भन्ने विषयमा छलफल भयो । संसदीय समिति सांसदहरूको समिति हो । त्यसले अनुसन्धान अधिकारीका रूपमा कति काम गर्न सक्छ भन्ने याद गरौं । नीतिगत र संचनागत पक्षमा कसरी बढीभन्दा बढी लाभ पुग्न सक्छ भन्ने कुरामा सैद्धान्तिक सहमति भएको छ ।ु

संसदीय छानबिन समितिको कार्यादेश कस्तो बनाउने भन्ने बुँदागत रूपमा सहमति हुन नसकेको बर्तौलाले बताए । समितिमा रहेका कांग्रेस सदस्यहरूले समय मागेपछि फेरि बस्नेगरी बैठक स्थगित गरिएको उनले जानकारी दिए । विषयगत रूपमा, बुँदागत रूपमा टीओ‌आर टुंग्याउन उहाँहरूले केही समय मागेको हुँदा बैठक स्थगित भयो । बेलुकासम्म टुंग्याउन सक्छौं, उनले भने ।

कार्यादेश तय गर्न गठित समितिमा कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने र उनले रकम अपचलन गरेका भनिएका सहकारीको नाम लेख्ने भन्नेबारे सैद्धान्तिक सहमति बनेको बताइएको छ ।

समितिमा सहमति जुट्न नसक्दा राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठक अवरुद्ध भएका छन् । दुवै सदनका बैठक सूचना टाँसेर आजै बस्ने गरी समय परिवर्तन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu