काठमाडौं ६ जेठ । गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै नेपाल विद्यार्थी संघ र तरुण दल झापाले आइतबार बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
गिरीबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय रहेको र लोभलालचमा परेर सर्वसाधारणको करोडौँ रकम डुबेको भन्दै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गरिएको हो ।
शहकारीको रकम हिनामिना गरी फरार भएका जीवी राईलाई अहिले सम्म पनि सरकारले पक्राउ गर्न नसकेको हो कि यो बिषयमा चासो नदेखाएको हो भनी बिरोध गरेका छन् ।
उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जीवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्