ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र र सत्तामोह प्रष्ट भयो- चित्रबहादुर केसी


एबीसी न्यूज
७ जेष्ठ २०८१, सोमबार   १ : ३६   बजे

काठमाडौं ७ जेठ । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको व्यवहारले नयाँ राजनीतिक शक्तिको भ्रष्ट चरित्र प्रष्ट भएको बताएको छ । सहकारीको वचत रकम अपचलनको आरोप लागेपछि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने राष्ट्रिय जनमोर्चाको माग छ ।

तर गृहमन्त्रीले ‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ’ भनी सहकारी ठगी प्रकरणलाई न्यायोचित देखाउन संसदमा बलमिच्याइँ गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ भन्ने उनको दाबीले कथित नयाँ शक्तिहरूको भ्रष्ट चरित्र तथा सत्ताका लागि जे पनि गर्न पछि नपर्ने सत्ता महत्वाकाङ्क्षा झन् नाङ्गो रूपमा अगाडि आएको छ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

सहकारीको वचत रकम अपचलनमा गृहमन्त्रीमाथि छानबिन गर्न सत्तापक्ष डराएको भन्दै केसीले भनेका छन्, ‘प्रतिपक्षीहरूले उठाएको संसदीय छानविन समितिको मागलार्ई सत्तापक्षले आफ्नो सरकार ढाल्ने अस्त्रको रूपमा लिएको गलत बुझाइका कारण नै संसदको गत्यावरोध लम्बिइरहेको छ ।’

गृहमन्त्री लामिछाने बुटवलको सुप्रिम सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी, चितवनको सहारा बहुउद्देशीय सहकारी तथा काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देशीय सहकारीको रकम ठगी प्रकरणमा जोडिएको भन्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री, सत्तारूढ घटक, प्रहरी र महान्यायाधिवक्तासमेत गृहमन्त्रीलाई जोगाउन लागि परेको बताएको छ ।

‘सत्तापक्षले उनको बचाउ गरेर देशमा दण्डहीनताको अवस्था सिर्जना गरिरहेका छन् । स्वयं सरकारले नै अपराधीको बचाउ गरेर कानूनी राज्यको धज्जी उडाउने काम भइरहेको छ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

सहकारीहरुमा देखिएका समस्या समाधानमा विगत सरकारले गर्दै आएको लापरवाही र गैरजिम्मेवार कार्यशैलीको परिणाम नै जनताको बचतमाथि ठगी कार्य तीव्र रूपमा बढेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group